• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

संसद्मा राष्ट्रिय जनमोर्चा निष्कलङ्क छ : केसी (भिडियो)


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले संसद्मा राजमो निष्कलङ्क रहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    प्राइम टेलिभिजनको “जनता जान्न चाहान्छन्” कार्यक्रममा २०८० चैत ३ गते शनिबार पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘राष्ट्रिय जनमोर्चा विसं २०५१ सालदेखि संसद्मा छ’ उहाँले भन्नुभयो– ‘हाम्रा कुनै पनि सांसदले घुसखोरी, भ्रष्टाचार, ठगी गरेका छैनन् ।’
    उहाँले संसद्मा जाने सबैजसो पार्टी चोखो नरहेको स्पष्ट पार्नुभयो ।

    राज्य सञ्चालनमा सहभागी पार्टीका नेताहरूकै संरक्षणमा नै विभिन्न बेथिति, विसङ्गतिको मलजल भइरहेको उहाँको भनाइ थियो ।

    सहकारीको रकम हिनामिनामा आरोपित रवि लामिछाने गृहमन्त्री बनेको प्रसङ्ग निकाल्दै उहाँले आफूमाथिको मामिला चोख्याउन उहाँले यस्तो गरिएको बताउनुभयो ।

    उहाँले व्यङ्ग्य गर्नुभयो– ‘यो त आफै धामी, आफै बोक्सी भने जस्तो भयो । आफै गृहमन्त्री भएपछि कसले उनीमाथिको अनियमितताको छानबिन गर्ने ?’

    सो प्रसङ्गमा उहाँले पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न अनियमितता, बेथितिको फाइल खोल्दा उनीमाथि दबाब आएको धारणा राख्नुभयो ।

    ‘धेरै फाइल खोलेका कारणले उनलाई हुत्याइयो, लखेटियो’ उहाँले भन्नुभयो– ‘फाइल खोल्दै जाँदा आफ्नैको पनि दबाब आइपर्‍यो । सबैतिरबाट दबाब पर्‍यो । त्यसैले उनलाई फेरि गृहमन्त्री बनाइएन ।’

    उहाँले नेपालमा राजनीति व्यापार भएकाले सत्ता, मन्त्रीका लागि सबै पछि लाग्ने प्रवृत्ति रहेको ठोकुवा गर्नुभयो ।

    कम्युनिस्ट एकता

    उहाँले कम्युनिस्ट एकता सुनाउने र भन्ने कुरा मात्रै भएको बताउनुभयो ।

    ‘कम्युनिस्ट एकता सुन्ने, सुनाउने कर्णप्रिय कुरा मात्रै हो’ उहाँको भनाइ थियो ।

    अहिले कथित कम्युनिस्ट एकताका कुरा गर्ने दलहरू नै कम्युनिस्ट नभएको बताउँदै उहाँले भन्नुभयो– ‘आफूले आफूलाई वामपन्थी, कम्युनिस्ट भन्ने तर घुस खादा, भ्र्रष्टाचार गर्दा, ठगी गर्दा अरूसँग बराबर हुने । यस्तो पनि हुन्छ ?’

    उहाँले आफ्नो पार्टीको अहिले चर्चामा आएको समाजवादी मोर्चामा सामेल हुने निर्णय नरहेको जानकारी दिनुभयो ।

    ‘विषयअनुसार हामी बेग्लाबेग्लै राजनीतिक पार्टीसँग सहकार्य गर्न सक्दछौँ’ उहाँले भन्नुभयो– ‘तर कम्युनिस्ट एकताको नाममा पार्टीएकता गर्ने वा समाजवादी मोर्चामा सामेल हुने निर्णय हाम्रो पार्टीले गरेको छैन ।’

    लोकतन्त्रको विकल्प छैन

    अन्तर्वार्तामा उहाँले तत्कालका लागि लोकतन्त्र, गणतन्त्रको विकल्प नभएको दाबीसमेत गर्नुभयो ।

    लोकतन्त्र, गणतन्त्र अभिशाप नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘गणतन्त्रको विकल्प गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । लोकतन्त्रको विकल्प निरङ्कुशता होइन ।’

    उहाँले यही व्यवस्थामा टेकेर यो भन्दा उन्नत अवस्थाका लागि अगाडि बढ्ने बताउँदै तत्कालका लागि लोकतन्त्र, गणतन्त्रलाई बचाउनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले राजावादी, पुनरुत्थानवादीले चाहदैमा गणतन्त्रको विकल्प राजतन्त्र नभएको धारणामा नेपाली जनता स्पष्ट रहेको पनि बताउनुभयो ।

    सङ्घीयताले विकृति फैलायो

    अन्तर्वार्ताको क्रममा अध्यक्ष केसीले सङ्घीयताका कारण गाउँगाउँमा विकृति फैलिएको बताउनुभयो ।

    ‘पहिले यस्ता विकृति, विसङ्गति सिंहदरबारमा मात्रै थिए’ उहाँले भन्नुभयो– ‘सङ्घीयताका कारण अहिले गाउँगाउँमा विकृति, विसङ्गति फैलिएको छ ।’

    उहाँले सङ्घीयतामार्फत् मन्त्री र सांसदको फ्याक्ट्री खोल्ने काम भइरहेको भन्दै प्रश्न गर्नुभयो– ‘मन्त्री र सांसदको फ्याक्टी खोलेर नेपाली जनताको हित हुन्छ ?’

    मधेसी जनताको नाममा सङ्घीयता ल्याइएको सन्दर्भमा त्यसलाई उहाँले झुटो बताउनुभयो र मिटरब्याज र लघुवित्तपीडितको प्रसङ्ग यस सन्दर्भमा अगाडि सार्नुभयो ।

    ‘मधेसमा पनि त सङ्घीयता छ । त्यहाँ पनि त मधेसीकै सरकार छ’ उहाँले भन्नुभयो– ‘त्यसो भए किन मिटरब्याजपीडित त्यहाँबाट पैदलै हिँडेर काठमाडौँ आएको त ?’

    उहाँले केन्द्रमा सरकार फेरिँदासाथ प्रदेशमा पनि सरकार फेरिने प्रवृत्ति नेपालमा रहेको उल्लेख गर्दै सङ्घीयता असफल सिद्ध भइसकेको ठोकुवासमेत गर्नुभयो ।

    यस्तो छ, अन्तवार्ताको पूर्ण पाठ (भिडियो)

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.