• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाहाल सरकारप्रति मसालको समर्थन नरहने


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ ।

    Advertisement

    प्रतिगामी दिशातर्फ उन्मुख एमाले र अमेरिकी साम्राज्यवादी नीति पूरा गर्न बनेको तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिसमेतको सरकार बनेको बन्दै पार्टीले त्यसलाई समर्थन नगर्ने स्पष्ट पारेको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २३ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो धारणा व्यक्त गरेको छ ।

    मसालले सहकारी भ्रष्टाचारमा मुछिएको तथा पासपोर्टसम्बन्धी मामिला सर्वोच्च अदालतमा चलिरहेको व्यक्तिलाई गृहमन्त्रालय दिनु प्रधानमन्त्री प्रचण्डको लाचारिपन भएको ठहर गरेको छ ।

    वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचार र राष्ट्रियतामाथि आँच पुग्ने उल्लेख गरिएको सो वक्तव्यमा पार्टीले सरकारका आगामी नीतिको आधारमा थप धारणा व्यक्त गरिने बताइएको छ ।

    यस्तो प्रेसवक्तव्यको पूर्ण पाठ :

    “प्रतिगमनका विरुद्धको गठबन्धनको विघटनप्रति नेकपा (मसाल) ले पहिले नै आफ्नो विरोध जनाइसकेको छ । त्यो बेला हामीले सरकारले अपनाउने नीतिको आधारमा त्यसप्रतिको आफ्नो नीति र कार्यक्रमका आधारमा त्यसप्रतिको नीति निर्धारित गर्दै जाने कुरा बताएका थियौँ । सरकारको नीति र कार्यक्रम स्पष्ट हुनका लागि हामीले अझै अरू समय पर्खनुपर्ने छ तैपनि मन्त्रिपरिषद्को गठन र मन्त्रालयको विभाजनबारे सरकारले अपनाएका नीतिबाट यो सरकारलाई समर्थन गर्न नसकिने कुरा प्रष्ट भएको छ र त्यसैले हामीले प्रचण्ड सरकारलाई पहिले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछौँ ।

    यो कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ कि प्रतिगमनका विरुद्धको हाम्रो गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रित थियो र चुनावका बेलामा पनि त्यससित कुनै चुनावी तालमेल नगर्ने पाँचदलीय समझदारी बनेको थियो तर अहिले त्यसैसित गठबन्धन गर्ने नीति अपनाइएको छ र त्यस प्रकारको गठबन्धनको नीतिलाई हामीले निश्चित रूपले समर्थन गर्न सक्दैनौँ । त्यसका साथै प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादी नीति पूरा गर्न बनेको र त्यसको निर्देशनमा चल्ने सङ्गठन तथा हालसालै पनि सहकारीसम्बन्धी भ्रष्टाचारका ठुला ठुला मुद्दामा मुछिएको र त्यसबारे विभिन्न तहमा छानबिन भइरहेको अवस्थामा त्यसका नेतालाई गृहमन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय दिने कार्यप्रति हामीले गम्भीर आपत्ति वा विरोध प्रकट गर्दछौँ । यो कुरा प्रष्ट छ कि त्यो सङ्गठनका नेतालाई गृहमन्त्रालय दिनुको अर्थ उनका विरुद्ध चलेका सहकारीसम्बन्धी भ्रष्टाचारका सबै मुद्दाको कारबाही रोक्नु नै हुने छ ।

    उनका विरुद्ध दोहोरो पासपोर्टको मुद्दा पनि सर्वाेच्चमा चलिरहेको छ । त्यो अवस्थामा उनका विरुद्ध विभिन्न तहमा चलेका मुद्दालाई स्वतन्त्र र निष्पक्षतापूर्वक अगाडि बढाइने छ वा सरकारको दबाबमा आएर ती मुद्दाको कारबाहीलाई दबाइने छ र उनलाई उन्मुक्ति दिइने छ ? त्यो कुरा ता हेर्न बाँकी नै छ तर वर्तमान सरकारले त्यस प्रकारको भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मा दिएर त्यससम्बन्धी कारबाहीलाई दबाउन बाटो खोलिदिएको कुरा प्रष्ट छ । त्यस प्रकारको व्यक्तिलाई गृहमन्त्रालय दिने जस्तो कार्यले प्रधानमन्त्री प्रचण्डको गम्भीर प्रकारको लाचारीपनलाई नै बताउँछ । उनले कसको दबाबमा आएर त्यस प्रकारको कार्य गरेका हुन् ? त्यो कुरा सायद पछि स्पष्ट हुँदै जाने छ ।

    अन्तमा, प्रतिगामी दिशामा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने तथा सहकारी भ्रष्टचारका ठुला ठुला काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा प्रष्ट छ । त्यसैले हाम्रो पार्टीले त्यो सरकारलाई समर्थन गर्न नसक्ने कुराको जानकारी गराउन चाहान्छौँ । त्यो सरकारले आगामी दिनमा अपनाउने नीति र क्रियाकलापको आधारमा हामीले त्यसप्रतिका आगामी नीति स्पष्ट गर्दै जाने छौँ ।”

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.