काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले विचार नपुर्याई बोलेको बताएका छन् ।
राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले गठबन्धनमा नसोधी बालेको भन्दै अध्यक्ष नेपालले आपत्ति जनाएका हुन् ।
जनकपुरमा बिहीवार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गम्भीर कुराहरमा बोल्दा गठबन्धनमा सहभागी दलहररू र आफूलाई सोधेको भए उचित हुने बताए ।
उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ ।’
दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उनीसँग बुझ्ने बताए ।