• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा एक वर्षपछि काममा फर्किए ठेकेदार


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ । ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन ।

    Advertisement

    बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका ठेकेदार एक वर्षपछि काममा फर्केका हुन् । तीनपटक म्याद थप्दासमेत १४ किलोमिटर सडक कालोपत्र नभएपछि सरोकारवाला निकायको निरन्तरको ताकेतापछि निर्माण व्यवसायी काममा फर्केको बताइएको छ ।

    पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बनेको थियो । ग्राभेल गरिएको सडकमा कालोपत्र नगर्दा यात्रुलाई धुलोले सास्ती बनाएको थियो । एक वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काममा फर्केको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।

    घिमिरेका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउँदा समेत काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहवरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच चैतभित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाएलगत्तै सडकको कामले गति लिएको हो ।

    पुस ३ गते गरेको सहमतिलगत्तै सडकको कामले गति लिएको पाइयो, अहिले उक्त सडकको पाङ्ग्रेखोलामा सय मिटर सडक ढलान गरेको छ, ग्राभेलको बेसको कच्चा सामग्रीका लागिसमेत आवश्यक समन्वय गरेका छौँ, घिमिरेले भन्नुभयो, “काममा निकै ढिला भइसक्यो, अब सडक सम्पन्न नगरे कारबाहीको विकल्प छैन, फागुनबाट कालोपत्र थाल्ने गरी कामको प्रगति भएको पाइएको छ ।”

    दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल (सव बेस) छरेर छाडेको सडकमा कालोपत्र नहुँदा दुर्घटनाको समेत जोखिम बढाएको थियो ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत रु ३१ करोड लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक एक वर्षदेखि अलपत्र जस्तै बनेको थियो ।

    दुई वर्षमा सकिने उक्त सडकको ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । उक्त सडकको सम्झौता मिति अन्तिम पटकलाई भन्दै आगमी चैत मसान्तसम्म म्याद थप गरिएको छ । एक महिनायता पहिरो पन्छाउने, उकालो र चिसो भएको स्थानमा ढलान गर्ने कार्य भइरहेको तथा ग्राभेलका लागिसमेत आवश्यक कच्चा सामग्रीको सुनिश्चितता भएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज रबिन चापागाईंले बताउनुभयो ।

    कोरोनालगायतको समस्याले समयमै काम गर्न नसकेको हो, पूर्वाधारको काम सकिएको छ, उपकरणको सहायताले बेस बिच्छ्याएर कालोपत्र मात्रै गर्न बाँकी छ, ग्राभेलका लागि आवश्यक कच्चापदार्थका लागि ओढारचौरमा समेत काम गरिरहेका छौँ, चापागाईंले भन्नुभयो, फागुन पहिलो साताबाट कालोपत्रको काम थाल्छौँ, कालोपत्र गर्न धेरै समय लाग्दैन, हामी तयारीका साथ फिल्डमा आएका छौँ, यस पटक जसरी पनि सडक सम्पन्न गरेर बुझाउँछौँ ।

    कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा बजेट विनियोजन भएको थियो ।

    गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको हो ।

    पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाका अनुसार सडक आठ मिटरको मापदण्डानुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र पाँच दशमला पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ । निर्माण व्यवसायीलाई पत्र पठाएर ताकेता गरेपछि एक वर्षपछि व्यवसायी काममा फर्केका हुन् । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.