महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्काको मृत्यु भएको छ ।
Advertisement
खड्का भीमदत्त –६ ऐठपुरस्थित सडकमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिएको छ ।
दुर्घटना रातिको समयमा भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी थिए।