ढाका । बङ्लादेशको राजधानी ढाकामा जनवरी ५, २०२३ शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
Advertisement
स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९:०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् ।
स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०:२० बजे नियन्त्रणमा आएको थियो ।
आगलागीमा मृत्यु भएकाको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले बताउनुभयो । (रासस/सिन्ह्वा)