नयाँदिल्ली । भारतले पाकिस्तानसँग आफ्ना आणविक प्रतिष्ठानको सूची साटासाट गरेको छ ।
Advertisement
भारतीय विदेश मन्त्रालयका अनुसार जनवरी १, २०२४ सोमबारका दिन सूची साटासाट गरिएको हो ।
भारत र पाकिस्तानले नयाँदिल्ली र इस्लामावादमा एकैसाथ कूटनीतिक च्यानलमार्फत आणविक प्रतिष्ठान तथा सुविधाको सूची आदानप्रदान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
द्विदेशीय सम्झौताअनुसार प्रत्येक वर्षको जनवरीको पहिलो दिन सूची आदानप्रदान गर्ने गरिन्छ । भारत र पाकिस्तानबिच यस्तो सूची आदानप्रदान भएको यो लगातार तेत्तिसौँ शृङ्खला हो ।
यसै सन्दर्भमा दुवै देशले आआफ्नो क्षेत्रका कारागारमा रहेका कैदी तथा माछा मार्ने व्यक्तिको सूची पनि आदानप्रदान गरेको मन्त्रालयको उल्लेख गरेको छ । (रासस /सिन्ह्वा)