• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकासँग सम्भावित ‘युद्ध’को तयारी गर्न उत्तर कोरियाली नेता किमद्वारा सेनालाई निर्देशन


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

    Advertisement

    नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए ।

    बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ ।

    प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ।

    केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए र आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिएका थिए ।

    किमले भने, ‘कोरियाली प्रायद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्शाहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।’

    प्योङयाङलाई रोक्नका लागि वासिङ्टनले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

    यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा वासिङ्टनका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।

    किमले भने, ‘हामीले सम्भावित आणविक सङ्कटको शीघ्र जवाफ दिनुपर्छ र आपतकालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भूभागलाई शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।’

    बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनः मिलनको प्रयास नगर्ने बताउँदै सियोल र वासिङ्टनका कारण उत्पन्न ‘अनियन्त्रित सङ्कटको स्थिति’ रहेको बताएका थिए ।

    प्योङयाङको जासुसी भू–उपग्रह प्रक्षेपणसँगै अन्तरकोरियाली सम्बन्ध यस वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौतालाई आंशिक रूपमा स्थगन गरेको छ ।

    ‘मलाई विश्वास छ कि यो एक गल्ती हो जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’ को रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका लागि समकक्षीको रूपमा सोच्नु हुँदैन,’ नेता किमलाई उद्धृत गर्दै केसीएनएले भनेको छ ।

    किमले सीमापार मामिला हेर्ने विभागहरूको पुनः गठनका लागि ‘आधारभूत रूपमा दिशा परिवर्तन गर्न’ उपायहरू कोर्न आदेश दिए ।

    सियोलस्थित इवा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लीफ इस्लेले उत्तर कोरियाको महत्वपूर्ण सैन्य क्षमतामा जोड दिइएको बताए ।

    ‘राज्य नियन्त्रित मिडियाले प्रकाशन गर्ने अधिकांश समाचार रिसाइकल प्रोपोगान्डा हो’, उनले भने, ‘प्योङयाङको आक्रामक बयानबाजीले उसको सैन्य कदम निरोधका लागि मात्र नभई आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय दबाबका लागि पनि हो भन्ने देखाउँछ ।

    प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलो पटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै थुप्रै प्रस्ताव पारित गरिसकेको छ । एजेन्सी

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.