• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा अतिथिलाई उपहार चोयाको डोकोमा रायोको साग


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ) । आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो ।

    Advertisement

    कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाउनुभयो ।

    बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवद्र्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन् । मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउदा अतिथि दङ्ग परेका बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

    “रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो । औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवद्र्धनका लागि यो निकै राम्रो काको सुरुआत भएको छ । कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौँ ।” उहाँका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो ।

    रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रुपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बागलुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उहाँको भनाइ थियो ।

    “यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ । स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौँ । सुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौँ । अहिले कृषक आफैँ बजारमा साग पुर्‍याउनुहुन्छ”, गौतमले भन्नुभयो, “बागलुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौँ ।”

    रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ । यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बागलुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताउनुभयो । यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक रू दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उहाँले जानकारी दिनुभयो ।

    “एक वर्षमा रायोको सागमात्रै बिक्री गरेर एउटा किसानले रू तीन लाखसम्म कमाएको तथ्याङ्क छ । बजारमा मूल्य भने स्थिर छैन ।

    अहिले धारापानीबाट एउटा जिपभरी साग मात्रै बजार जान्छ । कहिले धेरै कहिले थोरै मूल्य पर्छ । न्यूनतम रू २० मा एक मुठो बिक्री हुन्छ । व्यापारीले यहाँको साग पोखरा पठाएकोसमेत पाएका छौँ”, किसान थापाले भन्नुभयो, “यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ । एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ । हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो ।” बजारका तीन पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्राण्ड’ बन्दै गएको उहाँले बताउनुभयो ।

    रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ । यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् ।

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.