काठमाडौं । नेपाली नागरिकलाई रसियन सेनामा पठाउने गिरोहका थप चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगरका गोबिन्द रिमाललगायत छन् ।
Advertisement
रिमाल विमानस्थलमा सेटिङ मिलाउने बिचौलिया रहेको परिसर स्रोतले जनाएको छ। अन्य तीन जनाको पनि संलग्नता देखिएको र यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं परिसरले यसअघि १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यी मध्ये ५ जना मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको छ। परिसरमा १५ जना पीडितले उजुरी गरेका छन्।
रसियन सेनामा गैरकानुनी रुपमा भर्ति भएका ६ जनाको मृत्यु भएपछि सरकारले अवैध रुपमा पठाउने गिरोह बारे अनुसन्धान सुरु गरेको हो ।