काठमाडौं । प्रहरीले ललितपुरको झम्सीखेलमा गोली चलाएको छ । मंगलबार लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
Advertisement
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारमा संलग्न उदयपुरका अविनास राईलाई गोली हानेर समातेको हो ।
उनको साथबाट प्रहरीले लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीले राईको साथबाट प्रहरीले पेस्तोल पनि बरामद गरेको छ ।