चामे । विश्व महिला सम्मेलनका प्रतिनिधिसहितका महिलाहरूले मनाङमा अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाएका छन् ।
२०८० मङ्सिर ९ गते (नोभेम्बर २५) शनिशारका दिन उनीहरूले सो दिवस मनाएका हुन् ।
जर्मन, अमेरिका र नेपालसमेतका महिलाहरूले मनाङको तीन हजार पाँच सय ४० मिटर उचाइको स्थानमा झन्डा र प्लेकार्ड प्रदर्शन गरेर महिला हिंसा अन्त्यको माग गरे ।
सो अवसरमा सङ्क्षिप्त सम्बोधन गर्दै उहाँले विश्व महिला सम्मेलनकी प्रतिनिधि गाबीले अहिले विश्वमा महिला हिंसाको अवस्था अत्यन्त जर्जर रहेको बताउनुभयो ।

उहाँले युद्ध भइरहेका देशहरू इजरायल र गाजामा ठुलो सङ्ख्यामा महिला हिंसा भएको र त्यसको अन्त्यका लागि सम्पूर्ण महिला र हिंसा विरोधी पुरुषहरू एकजुट हुन अनुरोध गर्नुभयो ।
प्लेकार्ड प्रदर्शनमा बोल्दै महिला प्रतिनिधि डगीले महिला हिंसा विरुद्धको इतिहासबारे आफ्ना भनाइ राख्नुभएको थियो ।
प्लेकार्डमा “महिलाहरूले हिंसा विरुद्ध बुलन्द आवाज उठाउन सक्छन्” भन्ने नारा लेखिएको थियो ।
