काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
Advertisement
बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । 
विवादित मेडिकल व्यवसायी प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्ने र ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् ।
त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।
प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।