• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपबल्कि अफ इजिप्ट अन कोप्रेशन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन् ।

    उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् ।

    प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको बताइन् ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    २०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गतिशक्ति गुरूयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने ।

    आ.व. २०८०र८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने ।
    थाइल्याण्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने ।

    दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा. वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने ।
    मिति २०८० असोज २९ देखि कात्तिक ३ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने ।

    रेल्वे सेवा सञ्चालन र मर्मत संभारको लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने ।

    रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा आ.व.२०८०,८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

    २०८० असोज ३० देखि कात्तिक २ सम्म भारतको मुम्बईमा हुने कार्यक्रममा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सहभागी हुन स्वीकृति दिने ।

    अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापक (अफिसियल) लाई पुरस्कार प्रदान गर्ने ।

    २०८० मङ्सीर १९ र २० गते मित्रराष्ट्र घानामा संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने २०२३ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सहभागी हुन स्वीकृति दिने ।

    सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकालाई १५ शैय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं. ३ स्थित ७.२ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

    माथिल्लो सितखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माणका लागि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ र ५ स्थित १.८४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

    अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने ।

    नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री अर्जुन जंग थापालाई बढुवा गर्ने ।

    न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानून समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरूवा गर्ने ।

    आसन्न दशैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने ।

    राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।

    तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
    अन्तर्राष्ट्रिय स्तरको बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन २०२४, २०८०, ११, २७ देखि २९ सम्म आयोजना गर्न लुम्विनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिने ।

    बङ्गलादेशको ढाकामा कात्तिक ११ देखि १३, २०८० मा हुने सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनसम्शेर जबराको भ्रमण स्वीकृत गर्ने ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको यही मिति २०८० कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

    परराष्ट्रमन्त्रीको यही २०८० कात्तिक ८ देखि १६ गते सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

    नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ समझदारीपत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।

    वन पैदावार विकास समितिलाई ८,८५,००,००० (आठ करोड पचासी लाख मात्र) ऋण सहायता दिने ।

    २०८० कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२ औं महासभामा निम्नबमोजिम भ्रमणको लागि देहायबमोजिम स्वीकृति दिने ।

    प्रथम चरण २०८० कात्तिक २१ देखि २७ गतेसम्म मन्त्री अशोककुमार राईको नेतृत्वमा,दोस्रो चरणमा कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म सचिव सूचना (शिक्षा) सुरेश अधिकारीको नेतृत्वमा ।

    मिति २०८० असार १२ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार मनाङ एअरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८०, ६ र २७ मा भएको दुर्घटनाको समेत जाँचबुझ गर्न कार्यादेश दिने ।

    नेपाल सरकार र कतार सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल सरकारको तर्फबाट उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी दिने ।

    आगामी २०८० कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईंलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    आगामी २०८० कात्तिक १३ देखि १६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने ।’

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.