गिरीप्रसाद बुढा, (दैलेख) ।
राष्ट्रिय जनमोर्चा दैलेखले एमसीसी विरुद्धको कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
जनमोर्चाका पूर्व केन्द्रीय सदस्य गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यतामा २०८० भदौ १३ गतेको दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त, कोण सभामा राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला सङ्गठन समितिका कार्यबाहक अध्यक्ष नरबहादुर सिंह, सदस्य खगेन्द्र केसी र सदस्य भागिरथ न्यौपानेले एमसिसी सम्झौताको विरूद्ध मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य कमल बरैको सञ्चालन रहेको थियो ।