दीप गोले ##
हिमालको टाकुरादेखि तराईका फाँटहरू
पहाडका फेद होस्
खोलानाला, पुलपुलेसोसम्म
झुपडी नभएको ठाउँ छैन
ऊसँग गतिला खाबा छैन
जिन्दगी अड्याउने
ऊसँग गतिला छाना छैन
वर्षात्लाई छेक्ने
ऊसँग गतिला साधन छैन
हावा हुन्डरीसँग लड्ने
ऊसँग गतिला ओछ्यान छैन
कठ्याङ्ग्रिँदो जाडो छेल्ने
ऊसँग गतिला भाँडा छैन
कुचिएको भाँडाले प्राण धान्ने
ऊसँग गतिला जमिन छैन
भीरपाखा बगर खोस्रेर जीवन काट्ने
ऊसँग गतिला कपडा छैन
लाजलाई छोप्ने
ऊसँग गतिला चप्पल छैन
नाङ्गै खुट्टा काँडामाथि टेक्दै हिड्ने
ऊसँग गतिला शिक्षा छैन
छोराछोरीलाई बाटो देखाइदिने
ऊसँग गतिला स्वास्थ्य छैन
दिनभर धुलोसँग खेलेर
हिमाल, पहाड र तराईको
जनजाति, मधेसी, दलित, क्षेत्री होस्
य बाहुन पीडित छन्
तिमी
हिजोदेखि
यिनैको मुक्तिको सपना देखेर
सत्ता र शक्तिमा पुग्यौ
अब यो अवस्था कहिले फेरिन्छ
कहिले परिवर्तन हुन्छ
गरिबहरूको झुपडीभित्र
उषाको किरण कहिले उदाउँछ ।
झुपडीको व्यथा
झुपडीको व्यथा
Advertisement
तपाईको प्रतिक्रिया