दीप गोले ##
Advertisement
वर्गसङ्खर्षलाई धोका दिने मुड छैन ।
पार्टी बलियो बनाउने हो कुनै गुट छैन ।।
देख्दै छ यहाँ कस्को गुट कति बलियो ।
क्रान्ति हाक्नेको विचार सुट छैन् ।।
जनवादी केन्द्रीयता पार्टीको नीतिमा खै ?
पार्टी सञ्चालनको नीतिमा रुट छैन् ।।
देश र जनताभन्दा व्यक्तिगत सोचको हाबी ।
को कसको के जिम्मेवारको कुनै पुट छैन ।।
देखिँदै छ पार्टी वरिपिर गुटको खेती गर्दै ।
सबैको साझा हो भन्ने भावनाको जुट छैन ।।
तछाडमछाड छ पार्टीको नेतृत्व समाल्नेमा ।
गोपनीयता भङ्ग गर्नेलाई छुट छैन ।।