दीप गोले तामाङ #
हाम्रो देश युक्रेन बन्दै छ ए बुझिराख है।
भारतका शरणार्थी आउदैछ ए ! बुझिराख है ।१।
Advertisement
नागरिकतामा नेपाली हारिसक्यो चुकिसक्यो ।
नेपाल हाम्रै प्रान्त हो भन्दै छ ए ! बुझिराख है ।२।
नयाँ नयाँ अनुहारले रङ्गमञ्च भो संसद् भवन ।
नयाँ एजेन्डा पास गर्दै छ ए ! बुझिराख है ।३।
ती साम्राज्यवाद यहाँ पासा थापी हिँड्दै छ ।
बलेको आगोमा घ्यु हाल्दै छ ए ! बुझिराख है ।४।
कहिले हो सुन्ने, कहिले हो बुझ्ने यी कुराहरू ।
नेपाली हो, अस्तित्व मेटदै छ ए ! बुझिराख है ।५।