दीप गोले
Advertisement
मेरो एउटा लक्ष्य छ
त्यो लक्ष्य प्राप्त गर्न
यो जीवन रहुन्जेल सङ्घर्ष गर्छु
यो धरतीमा
जीवन एक फूल हो–फुलाए
जीवन एक कॉडा हो– फुलाउन नजाने
म कुनै
संगीन चुनौतीसँग आत्मसमर्पन गर्दिन
अझ जोसमा
मुठी कसेर
साहस बटुल्छु
अनि अघि बढ्छु
यो व्यवस्थाको विरूद्ध
लेख्छु– अन्याय अत्याचार,बेतिथिको भण्डाफोर गर्दै
चेतना भराउँदै
एकगठ हुँदै सारा जनताहरू
अन्यायको विरुद्ध लड्ने हो
यो व्यवस्थाले जनताको मुहारमा
हर्ष मिल्नेछ
तव हामी यो संसार जित्नेछौँ ।।