महेन्द्रनगर । कञ्चनपुरका एक व्यवसायीलाई भारतीय प्रहरीले नेपालभित्रै आएर पक्राउ गरेको छ । लागुऔषध कारोबार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ३२ वर्षीय दिनेश रावतलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।
Advertisement
पाँच किलोग्राम चरेश फेला परेको भन्दै सीमावर्ती टनकपुर प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । उनीसँगै रहेका अर्का व्यक्ति २७ वर्षीय ईश्वर पन्त भने भागेका छन् ।
दिनेशको भीमदत्त नगरपालिका–९ स्थित खेलकुद मैदान नजिकै आफ्नै घरमा खुद्रा सामग्री र चिया नास्ताको पसल छ । नेपाल–भारत दशगजाभन्दा करिब एक सय मिटर नेपालतर्फ रहेको उनको पसलमा आएका भारतीय नागरिकले मदिरा पिउने र लागुऔषध सेवन गर्ने गरेको स्थानीयको भनाई छ ।