• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जलन पीडितलाई सहयोग र जलन अस्पताल निर्माण गर्न सांसद भण्डारीको आग्रह


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

    Advertisement

    खाना पकाउने ग्यासको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नु भएको हो ।

    गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उहाँको तर्क थियो । सांसद भण्डारीले ग्यास र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

    उहाँले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताउनु भयो ।

    उहाँले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशीयाकै सवल हुने दावी समेत गर्नु भयो । सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    उहाँले ग्यासमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

    सांसद भण्डारीको सम्बोधन
    ‘नेपालको वर्तमान अवस्था, परिवेश, नेपाली जनताले भोगिरहेका समस्याहरु र सरकारले गर्नुपर्ने सम्बोधनमा बारेमा मलाई केही बोल्ने अवसर पार्टी वा सभामुख महोदयबाट उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । म पौष ३ गते जलन केशबाट जुन मैले परिवेश व्यहोर्नु प¥यो । जुन शारिरीक अवस्थामा पुग्नु प¥यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नु भएको थियो । अहिलेको वर्षमा १÷२ दिन अगाडिबाहेक मेरो आमा थपिँदा ११० जना पुगेको थियो । र, जलन केश देशभरी फैलिएको छ । हामीले जसरी विज्ञानको विकास ग¥यौं । गाउँगाउँमा ग्याँस पुग्यो । गाउँगाउँका विजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरु गए । तर हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन ? भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बसहरु बच्चाहरु स्कुुल जाँदा कसरी क्रस गर्ने वा ग्यास कसरी बाल्ने वा विजुली कसरी बाल्ने ? सानो बच्चाले पढन पाउँछन विश्वका अरु देशहरुमा । तर हाम्रा विज्ञहरु, पाठयक्रम निर्माताहरु कसैलाई पनि यसबारेमा ध्यान भएन । सबैले ठूला ट्रक र डोजरहरु नदीको किनारमा देख्दछन । तर त्यही नदीको किनारमा एउटा गरिब जनताले बालुवा चालेर गिटी निकालेको मान्छेलाई देख्दैनन् । त्यही मान्छेले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही व्यक्तिले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामी देख्दा डोजर देख्छौं, जसले बालुवा धेरै उठाउन सक्छ । तर, जसले हामीलाई मत दिन्छ, उसलाई देख्न सक्दैनौं । यो अवस्था सबै क्षेत्रमा नेपालमा भयो । त्यस आधारमा त्यसको भिक्टिम पनि हामी भयौं । र, आज मलाई यो बेलामा राखौं जस्तो लाग्यो । यस अवसरमा मलाई रेस्क्यू गरेर मलाई अवस्थामा ल्याएर बोल्ने बनाउने वर्तमान सरकार, माननीय सभासद्ज्यूहरु, शुभचिन्तकज्यूहरु, र डाक्टरहरु र स्वास्थ्यकर्मीजीहरु । र, जसले मलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्नु भयो । म सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । सभामुख महोदय, छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरुले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिसमात्रै भेन्टिलेटरमा गएर बाँचेको रहेछ । त्यसमध्ये म एउटा नेपाली शौभाग्यले बाँचेर आएको बोल्न पाएको छु । सभामुख महोदय, यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरु देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरु, डाक्टरहह्रु कम छैनन् । यदि कन्फिडेन्ट डाक्टरहरु छन, म जुन हस्पिटलमा गएँ, जम्मा बाबुछोराले चलाउनु भएको हस्पिटल । एशीयाको सबैभन्दा राम्रो हस्पिटल भन्नु हुन्छ । बाबुछोराले चलाउनु भएको छ । डाक्टर त हाम्रो कीर्तिपुरमा ११÷१२ जना हुनुहुन्छ । सुष्मा ट्रष्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यस्तो छ । यसकारण मैले आउँदाआउँदा पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौं भने एशीयाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसावले पनि, खर्चको हिसावले पनि । यो अनुरोध मैले प्रधानमन्त्रीजीलाई गर्ने अवस्था पाएँ । त्यसकारणले यसका निम्ति के गर्नु पर्छ ? हामीले पहिला, जो हामीलाई थामी रहेका छ, कीर्तिपुर र सुष्माले । अहिले एउटा हामीलाई भवनको आवश्यक्ता रहेछ । दोस्रो, हामीले जो विरामी छन । क्यान्सरको विरामीलाई, हर्टको विरामीलाई, किड्नीको विरामीलाई हामीले जुन सहयोग गर्छौ । त्यो सहयोगमा यो जलनको विरामीलाई पनि जोड दिन पर्ने रहेछ । यो केशमा धेरैजसो रिमोटको, गरिवको बच्चाहरु, गरिव मानिसहरु यसमा पर्दो रहेछ । त्यसकारणले सभामुखज्यूमार्फत् मैले सरकारलाई यो अनुरोध गरेँ । सबै नेपालीको । यसमा धेरै ठूलो दर्द लुकेको छ भन्ने कुरा राख्न चाहेँ । तेस्रो कुरा पाठ्यक्रममा कमसेकम विजुली बाल्दा, ग्यास बाल्दा, बाटो क्रम गर्दा त हाम्रो पाठ्यक्रममा हुनु प¥यो नि । हाम्रा सात वर्षका बच्चाले त जान्न प¥यो नि । हामीले रोजेको विज्ञहरु यीनै हुन् ? हामीले मानेका व्यक्ति यिनै हुन् ? यिनका भाषण सुन्नु पर्ने, यिनका कुरा सुन्नु पर्ने, यिनले लेखेका किताव पढनुपर्ने, तर कमन पिपुलहरुलाई यति पनि नगर्ने भनेपछि हामी कति पछि होउला ? यो कुरा सबैभन्दा महत्वपूर्ण छ । अर्को कुरा ग्यास उद्योगहरुलाई रेगुलेटर, स्वचालित रेगुलेटरहरु पाईदो रहेछ । सरकारले कानुन बनाएर रेगुलेटर स्वचालित भए त अरु रेगुलेटर राख्न पाईन्न भने त यसको केश नै कम हुन्छ नि । यसलाई कानुन बनाउनका निम्ति पनि सभामुखज्यूमार्फत् मैले चाहिँ आग्रह गर्न चाहेँ, सरकारलाई आग्रह गर्न चाहेँ । ’

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.