• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देउडा अभिनयमा जम्दै ‘झरना’


  •   बुधबार, चैत १५, २०७९ मा प्रकाशित
  • महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

    Advertisement

    उहाँको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उहाँ पछि अभिनयमा लाग्नुभयो । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दैआउनुभएको छ ।

    नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । प्राय: गीतको अभिनयमै बढी समय दिने गरेकी छु, बोहराले भन्नुभयो, पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।

    सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसक्नुभएको छ । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् । सानैदेखि विद्यालयमा हुने हरेक कार्यक्रममा नृत्यका लागि अग्रसर नै हुन्थे, उहाँले भन्नुभयो, पारिवारिक साथ सहयोगले नै कलाकारिता क्षेत्रमा अवसरको खोजी गर्दै हिँड्ने मौका पाएँ ।

    हाल स्नातक तहमा अध्ययनरत बोहराले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा बस्दै आउनुभएको छ । उहाँले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाउनुभएको हो । उहाँले नै अभिनयका लागि काठमाडौँ पठाउनुभयो, उहाँले विगत सुनाउनुभयो ।

    पारिवारिक अवस्था सामान्य भएकी बोहरा अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताउनुहुन्छ । कलाकारितामा सुदूरपश्चिमका महिला न्यून छन्, यसमा लाग्नेप्रतिको दृष्टिकोण पनि ठिक छैन, बोहराले भन्नुभयो, अग्रज कलाकार एवं सृष्टाको अभिभाकत्वले यसका निरन्तरता दिएकी छु ।

    आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषासहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराको भनाइ छ । उहाँले भन्नुभयो, सिक्न कुनै पाठशालामा गएकी छैन, आफ्नै प्रयासले अभिनय क्षेत्रमा छु । अभिनय गर्न बोहरालाई सुदूर र कर्णाली प्रदेशमा हुने मेला–महोत्सवमा राम्रै पारिश्रमिक दिएर बोलाउने गरिएको छ । सुदूरका सबै जिल्लाका साथै कर्णाली प्रदेश र भारतका विभिन्न सहरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी भएको बोहरा बताउनुहुन्छ । सुदूरपश्चिमेली रोजगारीका लागि जता गए पनि आफ्नो कला, संस्कृतिप्रति धेरै लगाव रहेको आफूले पाएको उहाँको भनाइ छ ।

    रोजगारीका लागि भारत पस्नेहरु देउडासहितको म्युजिक भिडियो बनाउन निकै तल्लीन भएका पाए, उहाँले भन्नुभयो, म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ । सामाजिक सञ्जाल टिकटकमार्फत पनि उहाँले डोटेली भाषामा साहित्यिक प्रस्तुतिसमेत राख्दै आउनुभएको छ ।

    बोहराका ‘सुवा क्या न रिस्सी’, इजु बोलका देउडा गीतको अभिनय धेरैले मन पराएका छन् । उहाँले भन्नुभयो, सुदूरपश्चिमको भाषामा अरुले पनि परिचय बनाए पनि टिकटकमा ‘अछामी’ भाषामा सुदूरपश्चिमको साहित्य पस्किने काम मैले नै गरेकी हुँ ।

    पछिल्लो समय सुदूरपश्चिममा पनि महिला मोडल तथा नृत्याङ्गनाले आफ्नो प्रतिभा देखाइरहेको देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) को भनाइ छ । देउडाले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ, उहाँले भन्नुभयो । कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहनुभएका गायक धामीले भन्नुभयो, पहिलाभन्दा हाल सुदूरपश्चिमको लोक देउडाको अभिनयमा नयाँ पुस्ता कस्सिएर लागेको छ

    एक दशकअघि सुदूरपश्चिमको कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । पहिला प्रतिभा खोज्नुपथ्र्यो, अहिले युवापुस्ता आफै आउने गरेको छ, गायक धामी भन्नुहुन्छ ।

    बुधबार, चैत १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.