• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

नेपाल विश्वकप छनोटमा


  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । भ्रमणकारी टोली संयुक्त अरब एमिरेट्स (युएई) लाई आईसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको छ ।

    Advertisement

    लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् ।

    विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्याण्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

    बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा युएईले प्रश्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । नेपालले खराब प्रकाशका कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा खेल जितेको हो । जवाफी ब्याटिङ गर्दा कमजोर शुरुवात भएको नेपालको इनिङलाई भीम सार्कीले सम्हालेका थिए । सर्वाधिक ६७ रन बनाउने क्रममा उनले ७६ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस बाहेक आरिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेल्दा ६२ बलमा दुई चौका प्रहार गरे । यस्तै अर्को अर्धशतकीय पारी खेल्ने क्रममा गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजि एक दिवसीयमा पहिलो अर्धशतक बनाउँदा ओपनर कुशल भुर्तेलले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५० र दीपेन्द्रसिंह ऐरीले अविजित १० रनको पारी खेले ।

    खेलमा भीम र आरिफ शेखले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । यसैगरी भीमले चौथो विकेटका लागि कुशलसँग ६१ रनको साझेदारी गरेका थिए । युएईका लागि जुनैद सिद्धिकीले तीन आयन अफ्जल खानले दुई तथा जाहुर खानले एक/एक विकेट लिए ।

    त्रिवि मैदानमा यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले पूरै ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० बनाएको थियो । युएईका लागि आसिफ खानले बिस्फोटक इनिङ खेले । आसिफले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १ सय १ जोडे । यसैगरी भृत्य अरविन्दले १ सय ३८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९४, कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६३ र रोहन मुस्ताफाले २० रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक÷एक विकेट लिए ।

    यस जितसँगै नेपालल लिग–२ ३६ खेलबाट ४० अंक बटुल्दै शीर्ष तीनमा स्थान बनायो । नेपालले चौथो स्थानको नामिबियालाई एक अंककले पछि पार्दै स्थान सुधार गरेको हो । पराजय व्यहोरेको युएई भने समान खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा रह्यो । लिग–२ मा सात राष्ट्रले प्रतिष्पर्धा गरेका थिए ।

    बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.