शंकरप्रसाद पोख्रेल, प्यूठान ।
अखिल नेपाल महिला संघ, प्युठानले आयोजना गरेको सप्ताहब्यापी महिला दिवसका कार्यक्रम समापन भएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।
कार्यक्रम अन्तर्गत झिमरूक गाउँपालिका महिला समितिले वडा नं ८ बाट प्रारम्भ गरि बुधबार वडा नं १ सौतामारे फेदीमा सप्ताहिक कार्यक्रमको समापन गरेको थियो ।
समितिका सचिव तुलसा केसीको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता वडा समितिकी अध्यक्ष राधा जिसीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघकी केन्द्रीय सचिव तारा जिसी हुनुहुन्थ्यो भने अतिथिहरूमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसी,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, जेष्ठ महिला रनी थापा, जेष्ठ नागरिक राम बहादुर पुनको पनि आतिथ्यता रहेको थियो ।
भेलाले राधा जिसीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति समेत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कल्पना घर्तीमगर, सचिव आकृति पोख्रेल, सह–सचिव मनिषा जिसी, कोषाध्यक्ष रनी थापा र सदस्यहरूमा फुलमाया पुन, हिरा केसी, विमला पोख्रेल, सीता जिसी, सिवा घर्तीमगर, अनिता घर्तीमगर, मन्जु सुनार, पुष्पा, सीता थापा, कमला पोख्रेल, सीता पुन, शान्ता पोख्रेल र गीता अर्याल रहनु भएको छ।
साथै भेलाले पुना पोख्रेलको अध्यक्षतामा दाद्रा–वालुवा टोल गठन गरेको छ । समितिको सचिवमा सीता पुन मगर, कोषाध्यक्ष धनी पुनमगर तथा सदहरूमा शुशिला थापा, गंगा पोख्रेल, सरस्वता र सावित्रा पोख्रेल रहनु भएको छ ।
त्यस्तै आकृति पोख्रेल अध्यक्ष रहेको वडाचौर टोल समिति गठन गरेको छ । समितिको सचिवमा वसन्ता पोख्रेल ख, कोषाध्यक्ष पार्वता पोख्रेल सदस्यहरूमा वसन्ता पोख्रेल क, पुना पोख्रेल, वसन्ता खड्का, कृष्णा पोख्रेल र भीमा पोख्रेल रहनु भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत झिमरूक ५ मच्छी बजारमा पनि महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो नेता वासुदेव पोख्रेल र वीर बहादुर जिसीले समसामयिक राजनीति र श्रमिक महिला दिवसको बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा पवित्रा जिसीको पनि आतिथ्यता रहेको थियो ।
यता, श्रमिक महिला दिवसको सप्ताहव्यापी कार्यक्रम अनुसार झिमरूक ४ मा पनि महिला दिवस र वडा भेला सम्पन्न भएको छ। राजमो नेता वासुदेव पोख्रेल र किसान महासंघका सचिव वीर बहादुर जिसीले प्रशिक्षण दिनु भएको कार्यक्रममा वडाध्यक्ष सिताराम पोख्रेलको पनि आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको सञ्चालन पालिका सचिव तुलसा केसीले गर्नुभएको थियो । भेलाले महिला वडा समिति निर्वाचित गरेको छ, समितिको अध्यक्षमा उजेला राना, उपाध्यक्ष गोमा विक, सचिव अनितन सुनार, सहसचिव सरस्वता राना, कोषाध्यक्ष पवित्रा केसी चयन हुनुभएको छ ।
सदस्यहरूमा विष्णा परियार, शान्ता जिसी, चन्द्रकला जिसी, सिर्जना जिसी, सुमित्रा पुन, जुना पोख्रेल, भूमा जिसी, खलिमाया परियार, टीका रोका, कमला राना, लालु थापा, खुमा केसी, सरवता राना, खुमा पुन, सीता जिसी सल्लाहकारमा तुल्सा केसी, सीता विक, कमला जिसी, विमलादेवि केसी र देवा जिसी रहनु भएको छ।
श्रमिक महिला दिवससँगै झिमरुक–६ मा महिला संघको समिति गठन
प्युठानमा महिला दिवसको कार्यक्रम जारी, आहालखोलामा प्रशिक्षण
प्युठानमा सप्ताहब्यापी श्रमिक महिला दिवस प्रारम्भ, झिमरुक-८ मा समिति गठन
महिला संघ स्वर्गद्वारी नगर अध्यक्षमा लक्ष्मी पन्थी