बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन हुनुभएको छ । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको सातौं जिल्ला सम्मेलनले ढुंगानाको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको हो ।
सम्मेलनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा भीमलाल पोखरेल दोहोरिनुभएको छ । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा कृष्ण पौडेल, नेत्र बहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरि बहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टिकासंगम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान विक चयन हुनुभएको छ ।
वैकल्पिक जिल्ला सदस्यमा प्रेम प्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन हुनुभएको छ ।
यस्तै, सल्लाहकारहरुमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आर।सी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टिकाराम शर्मा चयन हुनुभएको छ ।
सम्मेलनको उद्घाटन फागनु १९ गते अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । यसअघिका तीनवटा सम्मेलनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो ।
सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको सातौं जिल्ला सम्मेलनले ढुंगानाको अध्यक्षतामा ३५ पूर्ण र ११ वैकल्पिक तथा ११ जना सल्लाहकारसहितको नयाँ जिल्ला समिति चयन गरेको हो ।
सम्मेलनको समापन समारोहमा नव निर्वाचित अध्यक्ष राजेन्द्र ढुङगानाले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । समापन समारोहमा रा ज मो पुर्व सचिव कृष्ण अधिकारी, निबर्तमान अध्यक्ष अमर थापा, पुर्व अध्यक्ष कृष्ण थापा, रक्तिम साँस्कृतिक अभियानका रुनमाया थापाले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम जिल्ला सदस्य लोकनाथ शर्माको अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनको सञ्चालन गर्नु भएको थियो ।





