• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल सरकारको कुन स्वार्थका कारण भारतीय विषादियुक्त तरकारी भित्रिन्छ ?


  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनहरूले नेपाल सरकारसित प्रश्न गरेका छन् : कुन स्वार्थका कारण विषादियुक्त भारतीय नेपाली तरकारी नेपाल भित्रिन्छ ?

    Advertisement

    भारतीय विषादियुक्त तरकारीका कारण नेपाली जनताको स्वास्थ्यमाथि प्रतिकूल असर परिरहेको सन्दर्भमा उनीहरूले २०७९ फागुन १९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै सरकारसित यस्तो प्रश्न गरेका हुन् ।

    उनीहरूले सरकारको आफ्ना जनताको स्वास्थ्यको ख्याल नगरिकन निर्वाध रूपमा भारतीय तरकारी नेपाल भित्रिन दिने निर्णयलाई शङ्काको घेरामा राखेका छन् । चार किसान सङ्गठनले तत्कालै भारतीय विषादियुक्त तरकारीको आयात नरोके आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

    उनीहरू वक्तव्यमा भनेका छन् :
    “हामी चार किसान सङ्गठनहरू नेपाल सरकारले कानुन बनाएर संस्थागत रूपमा भारतबाट आयात हुने विषादी तरकारीको नियन्त्रण गरोस् र नेपाली जनताको स्वास्थ्य रहन पाउने अधिकारको संरक्षण र सम्बद्र्धन गरोस भन्ने जोडदार माग लगातार गर्दै आएका छौँ तर सरकारको कानमा पटक्कै बतास लागेको छैन । यसले गर्दा भारतबाट निर्बाध कुनै चेकजाँचबिना विषादीयुक्त तरकारी नेपाल भित्रिरहेको छ । यसले नेपाली उपभोक्ताको स्वास्थ्यमा गम्भीर नकारात्मक असर परिरहेको कुरामा दुई मत छैन । बेला बेलामा यो कुरा चर्चामा आउने गरे पनि सरकारले कुन स्वार्थले विषादियुक्त तरकारी नेपाल भित्रिन र नेपाली तरकारीको तुलनामा सस्तोमा भारतीय तरकारी नेपालमा विक्री–वितरण गर्न दिन्छ भन्ने प्रश्न उठेको छ । यो ठुलो शङ्काको घेरामा छ ।

    अत: हामी तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुहरूमा विषादीको प्रयोग बन्द गर्न र त्यस्ता खाद्यपदार्थको आयात बन्द गर्न तथा तरकारीलगायतका खाद्यजन्य सबै बालीनालीको उत्पादन गर्न मानव स्वास्थ्यका लागि हानिकारक र घातक रासायनिक पदार्थको प्रयोग गर्न नदिन कडा कानुन बनाउन र कडाइका साथ लागु गर्न तथा त्यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउन र जैविक उपायको अवलम्बन गर्न पुन: जोडदार माग गर्दछौँ । सरकारले यसबारे तुरुन्त कदम नचाले विषादीयुक्त आयातित वस्तुहरू रोक्न किसान सङ्गठनको तर्फबाट आन्दोलनमा उत्रिन बाध्य हुने कुरा अवगत गराउँछौँ ।”

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.