सिड्नी । अस्ट्रेलियामा १२ वर्षीय एक जना किसोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ ।
मार्सल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ ।
गोली प्रहारका बेला उनका छोरा साथमै रहेको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो सङ्गठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ । ४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ ।
हिंसात्मक उक्त आक्रमणबाट ती किसोरलाई मानसिक आघात पुगेको ठानिएको छ । आक्रमणकारी माज्दा कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । (रासस/सिन्ह्वा)