• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • अदिस अबाबा । इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारोटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन् ।

    Advertisement

    नाम गोप्य राख्न अनुरोध गरेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा एकपछि अर्को गरी चारोटा ड्रोन आक्रमण भएका थिए । उनका अनुसार शिविरमा १४ जनाको शव गाडिएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो ।

    शिविरका अन्य दुई बासिन्दाले पनि बालबालिकासहित क्रमश: १४ र १५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनीहरूमध्ये एक जनाले शव गाड्न सहयोग गरेका थिए ।

    अदिस अबाबाबाट करिब चार सय किलोमिटर उत्तरपूर्वमा रहेको शिविरमा विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताए । उनले आफ्नी बहिनीको मृत्यु भएको र शरीर टुक्राटुक्रा भएकाले शवसमेत फेला पार्न नसकेको बताए ।

    सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने संस्था एकल्डले घटनामा १६ देखि २३ जनासम्म मारिएको र अज्ञात सङ्ख्यामा मानिस घाइते भएको जनाएको छ । संस्थाले मृतकमा बालबालिका परे–नपरेको भने खुलाएको छैन ।

    संयुक्त राष्ट्र सङ्घले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । यस क्षेत्रमा सङ्घीय सेनाले बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन् । घटनाबारे एएफपीले सोध्दा इथियोपियाली सङ्घीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

    प्रत्यक्षदर्शीका अनुसार शिविरमा आश्रय लिइरहेका विस्थापितहरू अम्हारासँगै जोडिएको र इथियोपियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ओरोमिया क्षेत्रका हुन् । राजधानी अदिस अबाबाले आतङ्कवादी सङ्गठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मीले आठ वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा सङ्घीय सेना विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आएको छ । (रासस/एएफपी)

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
    भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का
    नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.