• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । २०८३ कात्तिक १३ गते शुक्रबार । जब साँझ पर्न थाल्यो, प्रहरी एकाएक सक्रिय भयो, अपराधी पक्राउन गर्न होइन, पत्रकार पक्राउ गर्न ।

    Advertisement

    प्रहरीले डिएनए खबरका प्रधानसम्पादक धीर बस्नेतलाई दिउँसै उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बोलाएको थियो, इसेवा स्क्यामको नाममा । त्यसपछि उसले मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गर्‍यो, त्यो पनि न्युजरुममै पुगेर । अबको पालो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीको थियो । उनलाई पनि नयाँबानेश्वरस्थित न्युजरुममै पुगेर प्रहरीले पक्राउ गर्‍यो ।

    त्यतिले मात्रै पुगेन, प्रहरी नयाँपत्रिका दैनिकको कार्यालय पुतलीसडक पुग्यो, पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न । त्यस्तै प्रहरी दियो पोस्टको कार्यालय पनि पुग्यो, अर्का पत्रकार सुदीप विश्वकर्मालाई पक्रिन । नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेलसित प्रहरीले टेकु बोलाएर सोधपुछ गर्‍यो ।

    आश्चर्यको विषय त यो छ, यतिका घटनाक्रम हुँदा प्रधानमन्त्री कार्यालयलाई जानकारी नै छैन भनियो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् ।

    ‘आज जेजति घटनाक्रम विकास भएका छन् । यी घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन’ दाहालले भनिन्– ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’

    प्रहरी गृहमन्त्रालयअन्तर्गत परिचालन हुन्छ अर्थात् प्रहरीको ताललुकवाला मन्त्रालय हो गृह तर अर्को आश्चर्य छ, उसलाई पनि यसबारे थाहा छैन ।

    तीन जना पत्रकारहरू पक्राउ परेको विषयमा मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने ‘थप बुझ्नुपर्ने’ प्रतिक्रिया दिन्छन् ।

    प्रवक्ता काफ्ले भन्छन्– ‘यस विषयमा मलाई जानकारी छैन भन्दिनँ तर थप बुझ्नुपर्छ ।’

    प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, त्यसकै एउटा अङ्ग नेपाल प्रहरीमाझको यस्तो अवस्था पक्कै पनि चिन्ताको विषय हो । यसरी तालुकवालामाझ नै एकअर्कामा तालमेल नहुने हो भने देशको सुरक्षा अवस्था कस्तो हुन्छ ? साँच्चै नेपालको सुरक्षा अवस्था कस्तो छ भन्ने बुझ्न यही उदाहरण काफी छ ।

    अन्तमा एउटा प्रश्न अरू उठेको छ : के यस्तो तालमेलको अभावका कारणले गत वर्ष भदौ २४ मा देश जलेको थियो ?

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.