• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै


  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
  • राँझा (बाँके) । भारतीय फूल आयातमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

    Advertisement

    नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन् ।

    नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिब एक दशक भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ ।

    जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उनले बताइन् ।

    ‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौक थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो’ बिन्दु भन्छिन्– ‘यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।’

    विन्दुले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तीमगरले बताइन् । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ ।

    नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तिराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन् ।

    फरकफरक पेसा तथा व्यवसायमा आबद्ध उनीरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताए ।

    ‘नेपालगञ्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ’ शाहले भने– ‘फूल तयार भइसकेको छ, ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका छौँ ।’

    स्थानीयस्तरमै फूल उत्पादन गरी बजारमा बिक्री गर्नेे प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन् ।

    निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए । (रासस)

    शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.