दुनै । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन् । कारागार भित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरू फरार भएका हुन् ।
Advertisement
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सहितको टोली कारागार पुगेको छ ।
घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ।
‘अहिलेसम्म आठ जना भन्ने जानकारी आएको छ तर डिएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’ स्रोतले जानकारी दिएको छ ।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले केही समयपछि औपचारिक जानकारी सार्वजनिक गर्ने बताइएको छ ।





