बझाङ । बझाङमा दुई वर्षीया बालिका बलात्कृत भएकी छन् । खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ परेका व्यक्ति बालिकाका हजुरबुवा नाता पर्न व्यक्ति हुन् । बालिकाकी आमाले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले आरोपित वृद्धलाई पक्राउ गरेको हो।
फागुन १२ गते साँझ पाँच बजेतिर आफू धारामा गएको मौका छोपेर वृद्धले बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको प्रहरीले जनाएको छ। बालिकाकी आमा र बालिका अहिले सदरमुकाम चैनपुरस्थित अल्पकालीन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्।