• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ६. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ७. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ८. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • ९. वेदकालीन समाज

  • १०. मनरो डक्ट्रिनको बहसमा स्वर्णिम वाग्ले : नेपालको राष्ट्रवाद र परराष्ट्र नीतिमाथि प्रश्न

‘राष्ट्रपति’ प्रकरणले धरापमा सत्तागठबन्धन, ओली-प्रचण्डबीच आज निर्णायक वार्ता


  •   शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विवादले सत्तागठबन्धन धरापमा परेको छ । राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) ले एमालेका उम्मेदवारलाई सघाउन नचाहेपछि गठबन्धन टुट्ने सम्भावना बढेको हो ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सन्दर्भमा एमालेसँग भन्दा गत पुस १० गते भत्किएको गठबन्धन दलका नेताहरुसँग छलफल बाक्लो बनाएपछि एमाले झस्किएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई सघाउने विश्वाससहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको छ ।

    यता, भत्किएको पाँचदलीय गठबन्धनका दलहरु नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी पनि एमालेलाई भन्दा कांग्रेसलाई नै राष्ट्रपति बनाउन तयार देखिन्छन् ।

    यस्तो अवस्थामा सत्ता गठबन्धन कायमै रहला वा भत्किएला त्यसको टुंगो सम्भवतः आज लाग्नेछ। राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्री दाहालले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘निर्णायक’ वार्ता गर्ने बताएका छन्।

    आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा सहमति नभए वर्तमान सत्ता गठबन्धन टुट्ने र पुरानो पाँच दलीय गठबन्धन ब्युँतनेसम्मका चर्चा भइरहेको छ।

    राष्ट्रपति पद कांग्रेसलाई, उपराष्ट्रपति पद जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू लागेका छन्।

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुरानो गठबन्धन तोड्दै एमालेलगायत सात दलको नयाँ समीकरण बनाएर प्रधानमन्त्री बनेका थिए। तर अहिले फेरि राष्ट्रपति पदमा एमालेले आफ्नो अडान नछाडेपछि यो गठबन्धन पनि तोडिने अवस्थामा पुगेको हो।

    आज अन्तिम मतदाता नामावली प्रकाशन
    राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

    आयोगको निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।

    दावी विरोध र उजुरीमा कुनै निवेदन नपरेको आयोगले जनाएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न भने निवेदन परेको छ। अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    बागलुङका प्रहरीलाई बन्यो आवास
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ६.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.