काबुल । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईओटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घर ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
Advertisement
प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायतास्वरूप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन् ।
भारी हिमपात, चिसो मौसम र हिमपहिरोका कारण गत महिना अफगानिस्तानमा बालबालिकासहित करिब २०० जनाको मृत्यु भएको थियो । बदख्सान प्रान्तमा मात्र ३० भन्दा बढीको मृत्यु भएको छ । (रासस–सिन्ह्वा)