• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजतन्त्र फर्काउन पूर्वराजा सडकमै निस्किए : महासचिव भट्ट


  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजतन्त्र फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाह सडकमै निस्किएको बताउनुभएको छ ।

    Advertisement

    अहिलेसम्म पूर्वराजा गणतन्त्रका विरुद्ध रहेपनि सडकमा उत्रेका थिएनन् भन्दै भट्टले एमालेका नेता दुर्गा प्रसाईंको अगुवाइमा चलेका गणतन्त्र विरोधी अभियानमा झापाबाट खुलारुपमा सडकमा निस्किएको बताउनुभयो ।

    बुधबार तम्घासमा राजमो गुल्मीले आयोजना गरेको विरोध सभामा महासचिव भट्टले देशी विदेशी शक्तिहरुसँग सल्लाह गरेर नै राजावादीहरु खुल्ला रुपमा आएको भन्दै यसले गणतन्त्र थप खतरामा परेको धारणा राख्नुभयो ।

    ‘गणतन्त्रको विरुद्धमा सुरुदेखि नै राजावादी शक्तिहरु छँदै थिए, तिनीहरुसँग एमाले पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा साँठगाँठ गरेको छ’ भट्टले भन्नुभयो, ‘अहिले संसदमा राजावादीहरूको उपस्थिति एमालेकै कारण भएको हो । त्यसकारण अहिले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको छ ।’

    भट्टले एमाले राज्यका प्रमुख पदमा कब्जा गरेर देशमा अधिनायकवादी शाशनको अभ्यास गर्नका लागि नै राष्ट्रपतिमा एमालेका उम्मेदवार बनाउन माओवादीसहितका दललाई दबाब दिइरहेको बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा राजमो केन्द्रीय सदस्य तारा थापा क्षत्री, केन्द्रीय सदस्य रामकुमार क्षत्री, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेद्र कुँवर, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि न्यौपाने र अखिल नेपाल महिला संघकी नरमाया रानाले सम्बोधन गर्नु भएको थियो ।

    राजमो पार्टी कार्यालय मसाल बजारबाट निस्केको जुलुस विभिन्न नारासहित तम्घास हुँदै सहिद चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

    राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षता र सचिव छविलाल सर्तुङ्गीको सञ्चालनमा अघि बढेको विरोध सभामा स्वागत जिल्ला कोषाध्यक्ष टेकबहादुर केसीले गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीसहित विभिन्न माग राखेर देशका विभिन्न जिल्लामा विरोध प्रदर्शनलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

    बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.