• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सूर्य थापालाई अभद्रता प्रदर्शन नगर्न राष्ट्रिय जनमोर्चाको चेतावनी


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले सांसद सूर्य थापालाई ‘छुचो नबन्न’ सुझाव दिएको छ । झिमरुक गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चाप्रति अभद्र ढंगले प्रस्तुत भएको भन्दै राजमोले अभद्र व्यवहार र अभिव्यक्ति प्रकट नगर्न चेतावनी दिएको हो ।

    Advertisement

    झिमरुक गाउँपालिकाको अयोजनामा यहि फागुन ८ र ९ गते पालिकाको वृहत विकासको लागि आवश्यक अवधारणा तयार गर्न आयोजित कार्यशाला गोष्ठीको उद्घाटनका क्रममा थापाले अप्रासंगिक ढंगले भ्रम छर्न खोजेको राजमोको आरोप छ ।

    राजमो गाउँपालिका अध्यक्ष सिद्धिमान जिसीले एक वक्तव्यमार्फत थापाको छुद्र व्यवहारको निन्दा गर्दै उनको अभिव्यक्तिप्रति आयोजकको धारणा के हो ? भनी प्रश्न पनि गर्नुभएको छ ।

    ‘समग्र झिमरुक गाउँपालिकाको विकास निर्माणको योजना बनाउन भनी आयोजित कार्यक्रममा आफ्ना रचनात्मक सुझाव, सल्लाह दिनुको सट्टा प्रमुख अतिथिको रुपमा उपस्थित एउटा सांसद जस्तो व्यक्तिले राष्ट्रिय जनमोर्चा जस्तो जिम्मेवार दलप्रति यसरी छुचो र छुद्र भाषामा प्रस्तुत हुने कार्यप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं र आगामी दिनमा यस प्रकारका अभद्र व्यवहार र अभिव्यक्ति प्रकट नगर्न चेतावनी दिन चाहान्छौँ’ राजमोको विज्ञप्तिमा भनिएको छ ।

    यस्तो छ विज्ञप्ति
    राष्ट्रिय जनमोर्चा
    झिमरुक गाउँपालिका समितिको कार्यालय मच्छी, प्यूठान
    मितिः २०७९/११/९

    विषयः प्रेस वक्तव्य
    उपरोक्त सम्बन्धमा झिमरुक गाउँपालिकाको आयोजनामा यही फागुन ८ र ९ गते पालिकाको वृहत विकासको लागि आवश्यक अवधारणा तयार गर्ने भनि कार्यशाला गोष्ठीको आयोजना गरिएको र रचनात्मक सल्लाह, सुझाव र अवधारणा माग गरिएकोमा हामी हाम्रो दलको तर्फबाट लिखित सुझावसहित उपस्थित भएका थियौं ।

    फागुन ८ गते उक्त कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा प्रमुख अतिथि संघीय संसदका सदस्य सूर्य थापाले आफ्नो उद्घाटन भाषणको शुरुवातमै विना सन्दर्भ हाम्रो पार्टीको अप्रासंगिक आलोचना गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
    विभिन्न विषयका विज्ञहरुसहित पालिकाको वृहतर विकासका लागि आवश्यक अवधारणा तयार पार्न भनि आयोजित उक्त कार्यक्रममा निमन्त्रणा पत्र पठाई बोलाइएको पार्टीमाथि प्रमुख अतिथिबाट भएको यस प्रकारको व्यवहारप्रति आयोजकको धारणा के हो ? सो कुरा स्पष्ट पार्न पनि माग गर्दछौँ ।

    हाम्रो पार्टी विगत ३० वर्षदेखि यस क्षेत्रको विकासमा अनवरत रुपमा लाग्दै आएको पार्टी हो । अहिले पनि यस पालिकाको कार्यपालिकादेखि विभिन्न वडाहरुमा हाम्रो पार्टीको तर्फबाट चुनिएका जनप्रतिनिधिहरु विकास निर्माण लगायतका कार्यहरुमा अत्यन्त निष्ठाका साथ क्रियाशील छन् ।

    राज्यको पुनर्संरचना पछि गठित यस पालिकाको प्रथम सरकार हाम्रै पार्टीको तर्फबाट निर्वाचित जनप्रतिधिहरुको नेतृत्वमा बनेको थियो र ५ वर्षे कार्यकालको छोटो अवधिमा पूर्वाधार विकासको क्षेत्रमा देशकै नमुना पालिकाहरु मध्येमा स्थापित भएको व्यहोरा सर्वविदितै छ । स्थानीय तहका सार्वजनिक संरचनाहरु बनाउन झन्डै ५० रोपनी जग्गा निशुल्क प्राप्त गरि पालिकाको नाममा ल्याउन सफल यस पालिकाले सम्भवतः जिल्लाकै सबै भन्दा सुविधा सम्पन्न प्रशासकीय भवन, ५ वटा नयाँ वडा कार्यालयका भवन, ३ वटा स्वास्थ्य चौकीका भवन बनाउन सफल भएको थियो । मावि तहसम्म निशुल्क शिक्षा, प्राविधिक शिक्षाको सुरुवात, सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि जग्गा प्राप्ति र निर्माणको सुनिश्चितता, चिस्यान केन्द्र निर्माणको सुनिश्चितता गर्न सफल हाम्रो पार्टीको नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सिंचाई, त्यसै गरी सुरक्षित आवास अन्तर्गत झिमरुक भित्रका करिब १,००० घरका खरका छाना विस्तापित गरी जस्ता पाता लगाइएको थियो । त्यस्तै यातायातको क्षेत्रमा पनि हाम्रो पार्टीको नेतृत्वको स्थानीय सरकारले उल्लेखनीय काम गरेको थियो । जस अर्न्तगत सबै वडाहरु सडक संजालमा जोडिएका छन् र सबै वडाबाट बस सञ्चालन भइरहेको छ । त्यसै गरी रिङ्गरोडको अवधारणा र ट्र्याक खोल्ने कार्यसमेत हाम्रै पार्टीको सरकारको पालामा सम्पन्न भएको थियो । हामै पार्टीको नेतृत्वको स्थानीय सरकारको पालामा एसियाकै नमुना रक गार्डेनको अवधारणा र निर्माण कार्य प्रारम्भ, पर्यटनको विकासको क्षेत्रमा पनि यस पालिका भित्रका विभिन्न स्थान तथा संरचनाहरुलाई आधार बनाएर विभिन्न काम अगाडि बढाएको थियो । खेलकुदको विकासको लागि पनि विभिन्न वडाहरुमा खेलमैदान निर्माणको कार्य प्रारम्भ गरेको थियो । होमस्टे जस्ता महत्वपूर्ण अवधारणाहरु पनि अगाडि बढेका थिए । वित्तिय अनुसासन (लेखा प्रणाली) मा नेपालको सातौं र लुम्बिनी प्रदेशको प्रथम स्थान प्राप्त गर्न सफल गाउँपालिकाको रुपमा पहिचान बनाएको थियो । प्रदेशले गरेको एउटा अनुसन्धानमा योजनाहरुको सफल कार्यान्वयन गर्ने पालिका मध्ये झिमरुक गाउँपालिका लुम्बिनी प्रवेशकै उत्कृष्ट गाउँपालिका बनेको थियो ।

    उपरोक्त छोटो विवरणबाट पनि थाहा हुन्छ की यस पालिकाको विकासमा हाम्रो पार्टीको अतुलनीय भूमिका रहेको छ । यति हुँदा हुँदै पनि गत निर्वाचनमा प्राविधिक रुपमा हाम्रो पार्टीले पराजय भोग्नु पयो । बहुदलीय व्यवस्थामा निर्वाचनमा भाग लिई सके पछि चुनाव जित्नु वा हार्नु सामान्य कुरा हो । हाम्रो जस्तो दिर्घकालीन र महान उद्देश्य लिएर अगाडि बढिरहेको पार्टीले निर्वाचनमा भएको पराजयलाई सामान्यरुपमा लिएर सत्ता बाहिरबाट पनि यस पालिकाको विकासमा महत्वपूर्ण योगदान दिने प्रण गरेको छ ।

    निर्वाचनमा दुई वा दुई भन्दा वढी पार्टीले भाग लिन्छन् । तिनीहरु मध्ये एउटाले मात्र निर्वाचन जित्छ । तर निर्वाचनमा विजयी भइसकेपछि उक्त प्रतिनिधि जुनसुकै पार्टीको भएपनि त्यो सबै जनताको साझा प्रतिनिधि हुन्छ । तर सूर्य थापाले तत्कालिन राजनितिक परिस्थितिको बारेमा सार्वजनिक भएको हाम्रो पार्टीको दस्तावेजलाई हवला दिएर उक्त दस्तावेजमा उल्लेख नै नभएको कुरालाई आधार बनाएर प्रसंगविहीन तरिकाले उक्त कार्यक्रममा भ्रम पार्न खोजेको कुरा भिडियो मार्फत सामाजिक सञ्जालमा सार्वजनिक भैसकेको छ । उनको यस प्रकारको भ्रमपूर्ण अभिव्यक्ति प्रति हाम्रो पार्टीले खेद प्रकट गर्दछ ।

    अन्त्यमा समग्र झिमरुक गाउँपालिकाको विकास निर्माणको योजना बनाउन भनी आयोजित कार्यक्रममा आफ्ना रचनात्मक सुझाव, सल्लाह दिनुको सट्टा प्रमुख अतिथिको रुपमा उपस्थित एउटा सांसद जस्तो व्यक्तिले राष्ट्रिय जनमोर्चा जस्तो जिम्मेवार दलप्रति यसरी छुचो र छुद्र भाषामा प्रस्तुत हुने कार्य प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं र आगामी दिनमा यस प्रकारका अभद्र व्यवहार र अभिव्यक्ति प्रकट नगर्न चेतावनी दिन चाहान्छौं ।
    अध्यक्ष
    सिद्धिमान जिसी

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.