• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन


  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • बागलुङ । बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर रु दुई लाख आम्दानी गर्नुभयो । उहाँले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो ।

    Advertisement

    अहिले जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले आफ्नै आचार्य जैविक कृषि फर्ममा समेत पहिलो पटक स्ट्रबेरीको खेती थाल्नुभएको छ । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्ट्रबेरीको व्यावसायिक खेती थाल्नुभएको छ ।

    छन्त्यालले बागलुङमा स्ट्रबेरी खेती गरेको खबर पाएपछि उहाँकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्ट्रबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताउनुभयो । उहाँले गत वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती थालिएको जनाउँदै यो बागलुङका लागि नयाँ फल रहेको बताउनुभयो । उहाँले आफूले परीक्षणका लागि लगाएका तीन सय स्ट्रबेरीका बिरुवाले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

    “पाँच वर्षदेखि कृषि कर्ममा तल्लीन छु, नयाँ–नयाँ फलफूल तथा तरकारीको परीक्षण उत्पादनसमेत गर्दै आएको छु, यहाँ स्ट्रबेरीको राम्रो सम्भावना देखेँ, स्ट्रबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायिक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेती यस वर्षदेखि थालेको हँु”, आचार्यले भन्नुभयो, “स्ट्रबेरी अन्य फलफूलभन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै बृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।”

    उहाँले नयाँ फल रहेको र बिरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको समस्या नदेखिएकाले यसको व्यावसायिक उत्पादन आवश्यक रहेको बताउनुभयो । अहिले बागलुङ बजारको कौसी खेतीमा समेत स्ट्रबेरी लगाइएको पाइन्छ तर त्यो व्यावसायिक नभएर घरायसी प्रायोजनका लागि मात्रै भएको आचार्यले जानकारी दिनुभयो । उहाँले चारवटा प्लास्टिक टनेलमा तरकारी खेती, सुन्तला खेती, स्ट्रबेरी खेती, गड्यौला खेती र १० रोपनी जग्गामा अलैँची खेती गर्दै वार्षिक सात लाख आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा लाग्नुभएका आचार्यले स्ट्रबेरी खेतीलाई प्रवद्र्धन गर्न थाल्नुभएको छ ।

    छन्त्यालले गाउँमा कृषि क्रान्ति नै ल्याउनुभएको छ । गाउँमा पहिलोपटक उहाँले प्लास्टिक टनेल हालेपछि अहिले गाउँभरि प्लास्टिक टनेल छन् । पाँच वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरी फर्केर कृषिमा लाग्नुभएका छन्त्यालले भन्नुभयो, “अहिले स्ट्रबेरीको क्रेज बढेको छ, पहिला स्ट्रबेरीको नामै थाहा नभएकाले स्ट्रबेरी खान थाले, बागलुङमा पहिलोपटक स्ट्रबेरीको व्यावसायिक उत्पादन गत वर्ष मैले नै थालेको हँु, अहिले केदार आचार्यले पनि थाल्नुभएको रहेछ ।”

    छन्त्यालले टमाटर फलाउने जग्गामा स्ट्रबेरी फलाउन सके धेरै गुणा महङ्गोमा बिक्री गर्न सकिने अनुभव सुनाउनुभयो । “गत वर्ष स्ट्रबेरी लगाएको प्लास्टिक टनेलमा हिमपातका कारण केही क्षति भएपछि अहिले टनेल मर्मतमा लागेको छु, त्यसपछि पुन: स्ट्रबेरी लगाउने उदेश्य छ”, उहाँले भन्नुभयो । छन्त्यालले जल्लामै पहिलोपटक स्ट्रबेरीको व्यावसायिक खेती थालेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।

    लामो समय वैदेशिक रोजगारीमा जानुभएका छन्त्यालले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि काठमाडौँ र पोखरामा व्यावसायिक खेती सुरु गर्नुभएको थियो । पछि आफ्नै गाउँ कटेरीमा छ रोपनी जग्गामा व्यावसायिक तरकारी र स्ट्रबेरी खेती थालेको छन्त्यालको भनाइ छ । स्ट्रबेरीको बजार मूल्य अहिले प्रतिकिलो रु पाँच सय रहेको छ ।

    लामो समयदेखि घरको कौसीमा स्ट्रबेरी खेती गर्दै आउनुभएका बागलुङ नगरपालिका–३ का घरधनी बमबहादुर खड्काले बताउनुभयो । उहाँले छतमै फलाएको काउली र बन्दा बिक्री गरे पनि उत्पादन भएको स्ट्रबेरी परिवार र आफन्तले उपभोग गरेको बताउनुभयो ।

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.