• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बेसहाराको सहारा बन्यो तमानखोला


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • डम्मर बुढा मगर,ढोरपाटन ।
    तमान गाउँको एउटा सानो घर । घर वरपर हरेक दिन स(साना बालबालिका खेल्दै गरेका भेटिन्छन् । गत असारदेखि यो घर ३१ जना बालबालिकाका लागि आफ्नो घर बनेको छ ।

    Advertisement

    आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरुको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ । तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह सञ्चालन गरेपछि उनीहरु यहाँ आइपुगेका हुन् ।

    भौगोलिक विकटताका बाबजुत पनि गाउँपालिकाले अघिल्लो वर्ष बालविवाह न्यूनिकरणदेखि जङ्क फुडरहित विद्यालय बनाउने अभियान सुरु गरेको थियो भने यसवर्ष भने बालगृह सञ्चालनमा ल्यायोको हो । बालगृह सञ्चालनमा आएपछि बालबालिका खुसीका साथ बस्न र पढ्न पाएका छन् ।

    बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाका कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको उहाँले बताउनुभयो । बालगृहमा बालबालिका थपिने क्रममा रहेको उहाँको भनाइ छ ।

    ‘दुर्गम ठाउँ हो धेरै व्यवस्थित गर्न नसके पनि बालबालिकाको सुरक्षासहित गुणस्तरीय पठनपाठनमा जोड दिएका छौँ, सुरुआती चरणमा हुँदा केही कमिकमजोरी हुन सक्छन्, तर बालबालिकालाई अधिकतम सुविधासहित बाल गृहमा राखेका छौँ’, अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘सुरुमा १६ जना बालबालिकालाई राखेका थियौँ, अहिले ३१ जना पुगेका छन् अझै थपिने क्रम जारी छ ।’

    गाउँपालिकाले बालगृहमा बसेका बालबालिकालाई कक्षा १२ सम्म पढाउने उहाँको भनाइ छ । उनीहरुलाई समय–समयमा सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउने योजनासमेत गाउँपालिकाले बनाएको बुढा मगरले बताउनुभयो ।

    कक्षा १२ पासपछि पनि उनीहरुको क्षमताअनुसार रोजगारको अवसर गाउँपालिकाले नै व्यवस्था गरी दिने उहाँको भनाइ छ । ‘अहिले बालगृहमा रहेका बालबालिका निकै उत्साहित छन्, केही राहत मिलेको महसुस गरेका छन्, उनीहरुलाई माध्यमिक तहसम्म पढाउने हाम्रो जिम्मेवारी हो, त्यसपछि पनि उच्च शिक्षाका लागि हामीहरुले सहयोग गर्ने छौँ,’ उहाँले भन्नुभयो, ‘समय–समयमा सीप सिकाउने र दक्ष बनाउने, आत्मनिर्भर बनाउने छौँ ।’

    गाउँपालिकाले यस वर्ष बालगृह सञ्चालनका लागि १७ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । दुर्गम गाउँमा बालगृह सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण भए पनि आफूहरु निरन्तर लाग्दा सफल भएको उहाँले बताउनुभयो ।

    बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । तमानखोला गाउँपालिका–३ का वडाध्यक्ष झकबहादुर बुढा मगरले कर्मचारीले बालबालिकाको रेखदेख गर्ने गरी व्यवस्थापन गरेको बताउनुभयो ।

    उनीहरूले नजिकैको सामुदायिक विद्यालयमा अध्ययन गर्ने हुँदा धेरै समस्या नभएको भन्दै निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन पालिकाले गरिरहेको उहाँ बताउनुहुन्छ । वडाध्यक्ष बुढा मगर भन्नुहुन्छ, ‘बालगृहमा बस्ने कुनै पनि बालबालिकालाई शुल्क लाग्दैन, सबै निःशुल्क हो, यहाँ पालिकाभरीका बालबालिका मात्रै राख्ने गरेका छौँ, उनीहरुको लालनपालनमा सहयोगका लागि दुई जना कर्मचारीको व्यवस्थापन गरेका छौँ, बालबालिकाको स्वास्थ्य अवस्था पनि अहिले राम्रो छ, बिरामी परेका छैनन् ।’

    प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरूको स्वास्थ्य परीक्षण गर्ने, अध्ययनलाई राम्रो बनाउन पालिका र बालगृह सञ्चालक समितिले हेरचाह गरिरहेको उहाँको भनाइ छ । ‘बालगृहमा आश्रित बालबालिकाको कक्षा १२ सम्म पठानपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, बेसहारा बालबालिका कोही पनि पढ्नबाट बञ्चित हुने छैनन्, यसले बालबालिकाको भविष्य सुनौलो हुने अपेक्षा लिएका छौँ’ उहाँले भन्नुभयो ।

    बालगृह सञ्चालन कोषमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिकको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताउनुभयो ।

    अभियानमा सबै जनप्रतिनिधिले सहयोग गरिरहेको उहाँको भनाइ छ । उहाँले उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालीन व्यवस्थापनमा सहजता पुग्ने बताउनुहुन्छ । बालबालिका बढ्दै गएपछि उनीहरूको सहज रुपमा व्यस्थापन गर्नका लागि कोष बनाइएको उहाँको भनाइ छ । उपाध्यक्ष छन्त्यालले बालगृह सञ्चालनका लागि स्थानीयले पनि सहयोग गरिरहेको बताउनुभयो ।

    ‘बालगृह सञ्चालन गर्ने गाउँपालिकाको अभियानलाई स्थानीयलगायत धेरैले सहयोग गर्नुभएको छ, खासगरी यो सञ्चालन गर्नुको मुख्य उद्दश्यनै दुःख पाएका बालबालिकालाई संरक्षण गर्नु हो, यसले गर्दा सञ्चालन गरेको छोटो समयमै धेरै बालबालिकाले आश्रय पाउनु भएको छ’, उपाध्यक्ष छन्त्यालले भन्नुभयो, ‘गाउँ हो केही समस्या त हुन्छ नै यद्यपि सक्दो गुणस्तरीय सेवा दिने हामीहरु जुटेका छौँ ।’रासस

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.