• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

ओलीजी ! जनताले साथ दिएका छन्, दह्रा खुट्टा टेक्नुस्ः केसी

"सोभियत संघलाई झैँ चीन घेर्न इन्डो-प्यासिफिक रणनीति "

  •   शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिले पहिले सोभियत सङ्घलाई घेरे झैँ अहिले चीनलाई घेर्न इन्डो–प्यासिफिक रणनीति अगाडि दावी गर्नुभएको छ । एमसिसी र सीमा अतिक्रमणका विरुद्ध २०७६ माघ १० गते १३ राजनीतिक पार्टी तथा सङ्गठनले राजधानीको शान्तिवाटिका आयोजित विरोधसभामा उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘सोभियत सङ्घमा समाजवाद छँदाखेरि जर्मन, बेलायत, अमेरिकाजस्ता देशहरूले घेर्ने गर्थे नि’ राजमो अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘आज चीनको विरुद्ध पनि त्यस्तै भइरहेको छ ।’ अहिले अमेरिकालाई टक्कर दिने गरी चीन अगाडि आइरहेका बेला अमेरिकाले त्यसलाई रोक्न सकेसम्मको पहल गरिरहेको उहाँले बताउनुभयो ।

    ‘चीनले बिआरआई परियोजना के अगाडि ल्याएको थियो, अमेरिकाको कन्सिरी तातिहाल्यो’ केसीले भन्नुभयो– ‘बिआरआईको विकल्पमा अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको हो ।’ उहाँले हिन्द प्रसान्त क्षेत्रमा अमेरिकी प्रभाव विस्तार गर्नका लागि इन्डो–प्यासिफिक रणनीति अघि सारिएको दावी गर्नुभयो । उसले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सामेल गर्न चाहेको बताउनुभयो ।

    एमसिसीको प्रसङ्गमा उहाँले भन्नुभयो– ‘इन्डो–प्यासिफिक रणनीतिकै एउटा अङ्ग हो भनेर त अमेरिका मन्त्री नै बोलिसके नि ¤ राजदूत ठुला कि मन्त्री ?’ उहाँले अमेरिकाको मन्त्रीको बोलीका अगाडि राजदूतावासको विज्ञप्तीको अर्थ नरहेको बताउनुभयो । ‘सिधै इन्डो–प्यासिफिक भनेर आउन त भएन’ केसीले अगाडि भन्नुभयो– ‘त्यही भएर सडक, बिजुली भनेर एमसिसी नामबाट आएको अवस्था हो ।’

    लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्मको भूमि भारतले अतिक्रमण गरेको सन्दर्भमा उहाँले त्यसलाई भारतीय साम्राज्यवादको विस्तारवादी नीति बताउनुभयो । भारतको दादागिरी लगातार बढ्दै गइरहेको बताउँदै उहाँले नेपाली शासकको दब्बु नीतिको परिणामस्वरूप नेपालमा भारतीय हस्तक्षेप बढ्दै गइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला राम्रो अडान लिए पनि अहिले भारतले जाली नक्सा सार्वजनिक गरेको मामिला अलि जोशिलो भएर बोल्न नसकेको हो कि भन्ने नेपाली जनतालाई लागिरहेको बताउनुभयो ।

    ‘सीमा अतिक्रमणका विरुद्ध राजनीतिक दलहरू एकमत छन्, जनता सडकबाट साथ दिइरहेका छन्’ उहाँले भन्नुभयो– ‘ओलीजी दह«ो खुट्टा टेक्नुस्, भारतसित सिधै कुरा गर्नुस् ।

    नेकपा (माले) का महासचिव सिपी मैनालीको अध्यक्षतामा अगाडि बढेको उक्त सभाको उद्घोषण गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले इन्डो–प्यासिफिककै एउटा अङ्ग एमसिसी भएको स्वयं अमेरिकी मन्त्रीहरूको अभिव्यक्तिबाट पुष्टि भइसकेको बताउनुभयो । ‘नेपालमा एमसिसीको विरोध बढ्दै गएपछि अमेरिकी दूतावासले बोली फेरेको हो’ प्रवक्ता पुरीले अगाडि भन्नुभयो– ‘तर दूतावासले बोली फेरे पनि नेपाली जनता झुक्किनेवाला छैनन् ।’ उहाँले देशभक्त नेपाली जनताले एमसिसी सम्झौता खारेज गरेरै छाड्ने दावी पनि गर्नुभयो । उहाँले राष्ट्रियताको पक्षमा नेपाली जनतामा उच्चस्तरको चेतना भएको बताउँदै एमसिसीको विरुद्धमा पनि नेपाली जनता सशक्त रूपमा सडकमा उत्रिने बताउनुभयो ।

    एमसिसी सम्झौता खारेज अभियानका संयोजक नारायण शर्माको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, जनसमाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर कार्की, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, नेकपा (माओवादी–केन्द्र) का गोपाल किराँती, सर्वहारा नेकपा (माओवादी) की भावना विद्रोही, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाही, राष्ट्रिय जागरण परिषद् नेपालका सचिव हेमन्त सेढाई, पुष्पलाल अध्ययन समाज काठमाडौँका संयोजक लोककृष्ण भट्टराई र राष्ट्रिय पुनर्जागरण परिषद् नेपालका कमल वाइबाले पनि सम्बोधन गर्नुभएको थियो ।

    शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    विशेष सम्पादकीय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.