• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

युक्रेनी नागरिकको जीवन कष्टकर बन्दै


  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
  • किभ । गत नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बन्दै गइरहेको छ । त्यस क्रममा राजधानी किभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइरहेको देखिन्थ्यो ।

    Advertisement

    अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा सहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठुलो भिड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई बेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो ।

    ३० लाख नागरिकको बसोबास रहेको राजधानी सहर किभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ड्रेनपाइपबाट जल सङ्कलन गरिरहेका थिए । पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो यद्यपि धारामा पानी प्रवाह भइसकेको थिएन ।

    पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरबासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ ? कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेका थिए । कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी । नगरमा अघिल्लो दिन गरिएको भिषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए यद्यपि किभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो ।

    ४९ वर्षीय ब्याङ्कर ओलेक्सी रस्चुपकिन तेस्रो तलाको आफ्नो फ्ल्याटमा पानी आएको थाहा पाएपछि ब्युझिए तर उनको रेफ्रिजेरेटरबाट बगेको पानीले कोठा पोखरीमा परिणत भएको थियो ।

    बिजुली आपूर्ति नहुँदा उदास भएका उनी ट्याक्सी चढेर निपर नदीपारिको क्पाफेमा पुगे, जहाँ तातो खाना, तातो पेय र वाइफाईसहितको सेवा प्रवाह भइरहेको थियो । रुसी आक्रमणबाट क्याफेमा कुनै प्रभाव नपरेकाले उनको असहज परिस्थिति केही सहज भयो ।
    ‘म यहाँ छु किनभने यहाँ तातो कफी पाइन्छ, उज्यालो पनि छ, अनि यहाँ जीवन छ‘ एक जना पीडितले भने ।

    किभ नगरका प्रमुख भिटाली क्लित्सकोले बिहीबार बिहानसम्म सहरका ७० प्रतिशत क्षेत्रमा बिजुली आपूर्ति पुन:स्थापना गरिएको बताए । रुसी आक्रमणमा परी चार जनाले ज्यान गुमाएको बताउँदै उनले क्षेप्यास्त्र आक्रमणमा परी एक जना महिलाको पनि मृत्यु भएको जानकारी दिए ।

    हिमपातपछिको वर्षाले कठाङ्ग्र्रिएको किभको जनजीवन पुन: पुरानै अवस्थामा फर्कने अपेक्षा गरिएको छ । (रासस/एपी)

    शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.