बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा फराकिलो अग्रता लिनुभएको छ ।
Advertisement
सुरुवाती परिणाममा केही मतले पछाडि परेपनि केसी आफ्ना प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मतले अग्रता लिनुभएको छ ।
केसीले ११७८ मतसहित लिड गरिरहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का सूर्य पाठकले ६९० र खिमानन्द कडेल (घण्टी) ले ४१५ मत ल्याएका छन् ।
यो मत बागलुङ नगरपालिका–१ र बरेङ गाउँपालिका–१ को गणनाको परिणाम हो ।