काठमाडौं । काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले बस्ती नहटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले बस्ती खाली गर्न भन्दै सूचना जारी गरेपछि उनीहरुले त्यसको विरुद्ध प्रदर्शन गरेका हुन् ।
बिहीबार दिउँसो माइतीघर मण्डलमा भेला भएका सुकुम्बासीहरुले बानेश्वरसम्म प्रदर्शन गरे । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले १० दिनभित्र बस्ती हटाउन भन्दै सूचना जारी गरेको थियो ।
मतदातालाई असर पर्नेगरी सुकुम्बासी बस्ती नहटाउनु : आयोग
निर्वाचन आयोगले मतदातालाई असर पर्नेगरी सुकुम्बासी बस्ती नहटाउन भनेको छ । यदी त्यो गरिए कारबाही गर्ने आयोगको चेतावनी छ ।
बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने बताउनुभयो ।
आयोगले मतदातालाई प्रभावित पार्ने कुनै पनि काम नगर्न सरकारलाई निर्देशन दिएको छ ।