• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तीन पालिकाका आठ वटा वडा, तरकारी नमुना गाउँ


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • महादेव अवस्थी
    दोधारा चाँदनी । तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन गरिएको छ ।

    Advertisement

    उक्त कार्यालयका प्रमुख डा दिलबहादुर विष्टले अहिले तरकारीका लागि नमुना गाउँको काम भइरहेको बताउनुभयो । बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्र तोकिएको छ र कमैया बस्तीमा तरकारी खेती प्रवद्र्धन कार्यक्रम भनेर काम गरिरहेका छौँ । उहाँले भन्नुभयो –दलित तथा अपाङ्गतालाई पनि समेट्ने गरी कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

    विभिन्न क्षेत्रमा छरिएर रहनुभन्दा एउटै ठाउँमा नमुना तरकारी गाउँ बनाउन लागिएको प्रमुख विष्टले बताउनुभयो । एउटा गाउँमा राम्रो गरे अर्को पालिकाले पनि त्यसको सिको गर्छ र तरकारी खेती बढ्दै जान्छ । उहाँले भन्नुभयो–सङ्घ र प्रदेश सरकारबाट तरकारी कार्यक्रमका लागि रु दुई करोड बजेट आएको छ ।

    उक्त नमुना गाउँमा किसानलाई विषादीरहित तरकारी उत्पादनमा प्रेरित गर्ने गरिएको प्रमुख विष्टले बताउनुभयो । यसले स्थानीयस्तरका किसानलाई आत्मनिर्भर बनउनाका साथै बजारमा तरकारीको माग बढ्ने तथा स्वास्थ्यका लागि समेत लाभदायी हुने उहाँले जानकारी दिनुभयोे ।

    अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि किसान पनि तरकारी खेतीमा आकर्षित भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ का ४१ वटा राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग पाएपछि समुह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुवात गरिएको यहाँका किसान नाथुराम रानाले बताउनुभयो ।

    पचहत्तर बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ । उहाँले भन्नुभयो, अहिले खेती विस्तार गर्दै १५ कठ्ठामा पु¥याएको छु । यहाँका किसानले दुई कठ्ठादेखि दुई–तीन बिघासम्म जमिनमा तरकारी खेती गरिराखेको कृषक रानाले बताउनुभयो । हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । उहाँले भन्नुभयो–‘यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइखर्च व्यहोर्दै आएका छौँ ।’

    डेढ दशकदेखि तरकारी खेतीमा लाग्नुभएका सुदामा रानाले अन्यबालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती नै रोजेको बताउनुभयो ।“मेहनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणाभन्दा बढी फाइदा हुन्छ । उहाँले भन्नुभयो–कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनमा समस्या पार्ने गरेको कृषक सुदामाले गुनासो गर्नुभयो ।

    त्यसैगरी तरकारी खेतीमा लाग्नुभएकी मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताउनुभयो । बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ । उहाँले भन्नुभयो–हामीले विषादीरहित तरकारी उत्पादन गर्छौै यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन् । मीनाले विभिन्न समस्या हुँदा पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको छु भन्नुभयो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो वस्तीमा राना समुदायले होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उहाँको भनाइ थियो ।

    तरकारी खेतीमा लाग्नुभएका कैलाशु राना पनि यसैबाट घरपरिवारको गर्जो राम्रैसँग चल्दै आएको छ भन्नुभयो । तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्दा राम्रै फाइदा हुन्छ ।

    उहाँले बताउनुभयो–तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ । यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला नै बढी छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरी घरखर्चका लागि जोहो गर्ने गरेको उनीहरु बताउँछन् ।

    गाउँमा उत्पादन भएको तरकारी बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेर बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन । ्(रासस)

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.