• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङमा एक लाख ९६ हजार २९७ मतदाता, २५ हजार नयाँ

"निर्वाचनको तयारी अन्तिम चरणमा "

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले अस्थायी मतदाता संख्या संकलन गरेको छ ।

    Advertisement

    जिल्लामा दुई हजार ४८ अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताले प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक मतदान गर्न पाउने भएका हुन् । जिल्ला कारागारमा रहेका ५२ जना कैदीबन्दी र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी गरी दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्णय गरेअनुसार नै जिल्लामा अस्थायी मतदाताले मतदान गर्न पाउन व्यवस्था गरेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार अस्थायी मतदाताले मतदान गर्नका लागि अस्थायी मतदान केन्द्रसमेत बनाइने छ । कैदीबन्दी र जिल्ला सदरमुकाम रहेका कर्मचारी तथा सुरक्षाकर्मीले जिल्ला समन्वय समितिको कार्यालय र कारागारमा निर्माण गरिने मतदानस्थलमा मतदान गर्ने पाउने उहाँको भनाइ छ । सदरमुकामभन्दा बाहिर खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले पायक पर्ने मतदान केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।

    ‘यस पटक निर्वाचन आयोगले नै अस्थायी मतदाताका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ, सोहीअनुसार हामीहरुले बागलुङमा पनि त्यो व्यवस्था मिलाएका छौँ, अस्थायी मतदाताले प्रतिनिधिसभातर्फ समानुपातिक मतदान गर्न पाउनुहुने छ’, प्रमुख रिजालले भन्नुभयो, ‘त्यसका लागि जिल्ला निर्वाचन कार्यालयले दुई अस्थायी मतदानस्थलसमेत निर्माण गर्ने भएको छ, एउटा जिल्ला समन्वय समितिको भव र अर्को कारागारमा हुनेछ, यहाँ वरपर भएका कर्मचारी तथा सुरक्षाकर्मीले यही मतदान गर्नु हुनेछ भने अन्यले पायक पर्ने स्थानमा मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ ।’

    उहाँले निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई रुजु गर्ने, प्याकेजिङ गर्ने र मतदानस्थलसम्म पठाउनको लागि व्यवस्थापन गर्ने कार्यलाई तीव्र बनाएको बनाएको उहाँको भनाइ छ । अघिल्लो पटक ठूलो सङ्ख्यामा मत बदर भएको हुँदा यसपालि गाउँ–गाउँमा स्वमंसेविका खटाएर मतदाता शिक्षा दिन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले केही दिनदेखि जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षालाई तीव्र बनाएको बताउनुभयो । जिल्लामा निर्वाचनसम्बन्धी अधिकांश सामग्री आइसकेको उहाँको भनाइ छ ।

    प्रमुख रिजालले भन्नुभयो, ‘निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रलगायतका निर्वाचनसम्बन्धी सामग्री आइसकेका छन्, केन्द्रबाट आएका ती सामग्रीलाई हामीहरुले रुजु गर्ने, प्याकिङ गर्ने र सम्बन्धित पालिकासम्म पुर्याउनका लागि तयारी गरी रहेका छौँ, गाउँ–गाउँमा मतदाता शिक्षा पनि सञ्चालन भइरहेको छ ।’

    उहाँले निर्वाचन प्रभावकारीरुपमा सम्पन्न गर्न सबै पालिकामा नमूना मतदान गर्न गर्न थालेको जनाउँदै अहिलेसम्म धेरै पालिकाले गरिसकेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा नदिएको हुँदा मतदातालाई केही समस्या परेको भन्दै यसपालि ढिलै भए पनि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको उहाँको भनाई छ ।

    स्थानीय तहको निर्वाचनपश्चात् मतदाताको सुविधालाई ध्यानमा राखेर जिल्लामा तीन मतदानस्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन–२ र गलकोट नगरपालिका–१० मा एक/एक वटा मतदानस्थल थप गरिएको छ । बागलुङ नगरपालिका–३ बौद्ध विहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदानस्थल स्थानान्तरणको गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

    जिल्लाका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ ।

    विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन हुनेछन् ।

    जिल्लामा स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा मताधिकार हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार २९७ मतदाता पुगेका छन् । जसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार ५१७ महिला मतदाता छन् ।

    २०७४ को चुनावमा भन्दा २४ हजार नौ सय ४५ ले बढी हो । विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् । सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५६१ जना मतदाता छन् ।

    प्रदेशतर्फ बागलुङ क्षेत्र नम्बर १ को (१) मा ५० हजार ५८० जना र (२) मा ४६ हजार ८६ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को (१) मा ५४ हजार ३३४ र (२)मा ४१ हजार २२७ मतदाता रहेको सूचना अधिकारी शर्माले बताउनुभयो । रासस

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.