प्युठान । पाँचदलीय गठबन्धनले प्युठानमा चुनाव प्रचारको शैली घरदैलो र जनभेटघाटमै जोड दिएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको नेतृत्वमा प्रदेश सभा सदस्यका उम्मेदवार तथा गठबन्धनका नेता कार्यकर्ताहरुले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।
त्यसका साथै सबै वडामा संयुक्त वडा भेला गर्ने कार्यक्रम अन्तर्गत अधिकांश वडामा वडाभेला भएको अखिल (छैठौं) का महासचिव सुवाष जिसीले जानकारी दिनुभयो ।
प्युठानमा सबै पालिकामा गरी ६४ वटा वडाहरु रहेका छन् । पहिलो चरणमा स्वतःस्फूर्तरुपमा संयुक्त वडा भेला भएकोमा अहिले उम्मेदवारसहित वडाभेला जारी छन् ।

यही कात्तिक २४ गतेसम्म वडाभेलाको कार्यक्रम तय भएको महासचिव जिसीले बताउनुभयो ।
निर्वाचन आयोगले आज (कात्तिक १७) गतेदेखि खुला रुपमा चुनाव प्रचार प्रसार गर्न पाउने जनाएकोमा निर्वाचन परिचालन समितिको बैठक बसेर कोणसभा तथा सभाहरुको कार्यक्रम बनाउने उहाँले जानकारी दिनुभयो ।
प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ दुर्गा पौडेल उम्मेदवार हुनुहुन्छ भने प्रदेशतर्फ प्रदेश सभा ‘क’ मा प्रकाश अधिकारी र ‘ख’ मा रोज राणा उम्मेदवार हुनुहुन्छ ।
- प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल
- प्युठानका स्वतन्त्र उम्मेदवार सुवेदीद्वारा दुर्गा पौडेललाई समर्थन
- प्युठानका सबै पालिकामा गठबन्धनको संयुक्त भेला
