प्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ ।
शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो ।
विज्ञप्तिमा सुवेदीले भन्नुभएको छ, ‘देशलाई प्रतिगमनतर्फ लैजाने शक्तिलाई परास्त गरी लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मैले मेरो उम्मेदवारी फिर्ता लिई वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गरेको छु ।’
सुवेदीले उम्मेदवारी फिर्ता लिएसँगै दुर्गा पौडेलसँग सामुहिक तस्बिर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।
अब उहाँको उम्मेदवारी फिर्तापछि पौडेललाई निर्वाचन जित्न थप सहज हुने विश्वास लिइएको छ ।
