• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

तेह्रथुमका लामगादे दम्पतीलाई मादल बनाउन भ्याइनभ्याइ


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • बाला भट्टारई
    म्याङ्लुङ । सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ ।

    Advertisement

    तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो । उहाँ लामो समयदेखि यही पेशामा आबद्ध हुनाका साथै गुजरासमेत गर्दै आउनुभएको छ ।

    भेषमा लागेको खरिको कालो धुलो हातले टक्टक्याउँदै लामगादे भन्नुहुन्छ, “हामीलाई असारको १५ भएको छ । न भात खाने फुर्सद् छ न त मादल बनाउन बिसाएर कसैसँग एकैछिन बोल्ने फुर्सद नै ।

    बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म यतिकै धमाधम हुन्छ हामी बूढाबूढीलाई । तिहारमा मात्रै काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारो चलेको छ ।”

    आफ्नो बुबाबाट सिकेको सीपलाई आफूले उपयोग गरे पनि आफ्ना छ भाइ छोराको पालनपोषण र शिक्षामा कमी हुन दिनु भएन ।

    मादलबाट भएको आम्दानीले गुजारा चलाउँदै आइएको उहाँको भनाइ छ । तिहारको समय देउसीभैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुइँचो लागेपछि उहाँ यतिबेला बेफुर्सदिलो बन्न थाल्नुभएको हो । बिहान ६ बजेदेखि राति ११ मादलकै काममा व्यस्त हुन्छन् ।

    तिहारको समय दैनिक पाँच/सात जना नयाँ मादल किन्ने र त्यतिकै मात्रामा बनाउनेहरु आउँछन् । नयाँ किन्नेभन्दा नी मर्मत गर्ने बढी आउने गर्दछन् । पहिले पहिले तिहारमा मात्र बिक्री हुन्थ्यो तर यतिबेला गाउँगाउँमा भजनकीर्तनले गर्दा अरुबेला पनि मादलको माग बढ्न थालेको लामगादेकी श्रीमती विष्णुमाया बताउनुहुन्छ ।

    एउटा मादल रु दुई हजारदेखि रु सात हजारसम्ममा बिक्री गर्ने गरेको लामगादेको भनाइ छ । मर्मत गरेको मादल रु आठ सयदेखि एक हजार २०० सम्म लिने गरेको उहाँ उल्लेख गर्नुहुन्छ । अझ तिहारको समयमा त दिनको १५/१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको लामगादे दम्पतीको भनाइ छ । उहाँका अनुसार असोजदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत पनि हुने गर्दछ ।

    आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउनुहुन्छ । उहाँले पनि लामो समयदेखि यो पेशा गर्दै आउनुभएको छिमेकी अर्जुन काफ्लेको भनाइ छ ।

    तिहारका समयमा दिनमा तीन/चार वटा नयाँ मादल बिक्री हुने गरेको र नौ/१० वटा मर्मत गर्ने गरिएको मानबहादुर जानकारी दिनुह्ुन्छ । “तिहारका समय मात्रै रु ६०/७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ”, उहाँ भन्नुहुन्छ ।

    उनीहरु यो समय मादल मोड्ने, गोठी हाल्ने, ढाक्नेजस्ता काममा व्यस्त छन् । काठ, बाख्रा वा भैँसीको छाला, अङ्गार, किट, खरीलगायत सामग्री मिसाएर उनीहरुले मादल तयार पर्ने गरेका छन् । मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने भएको छ ।

    मौवा, खिर्रो, मलेतोलगायत काठबाट मादलका लागि ढुङ्ग्रो बनाउने गरिएको छ । मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिने लामगादेको भनाइ छ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.