अङ्कारा । टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० पुगेको छ ।
यहाँका सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।
टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिनुभयो । उहाँका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरू केही व्यक्ति अझै हराइरहेको पनि जानकारी दिनुभएको छ ।
सो दुर्घटनामा परेर घाइते भएकाको उपचार जारी रहेको छ । खानीमा विस्फोट भएपछि आगो लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरू केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।
सो क्षेत्रमा रहेका खानीमा आवश्यका मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन । (रासस/सिन्ह्वा)