• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीमाथि भीम रावलको आरोप : मेरो टिकट खोस्ने, आफ्नै हत्या प्रयास गर्नेसँग घाँटी जोड्ने ?


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

    Advertisement

    नेता रावलले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिइएको बताउनु भयो ।

    उहाँले कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य रहेको उल्लेख गर्दै उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई आफूले प्रमुख नठानेको दाबी गर्नुभयो । नेता रावलले देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भएको बताउनु भयो ।

    उहाँले एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीको यो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको घोर अपमान भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीको यो निर्णयले पार्टीको हीत र एकतामा आघात पुगेको उल्लेख गर्नुभयो । उहाँले आम निर्वाचनको चर्चा हुन थालेपछि चुनाव नलड्ने भन्दै सुनियोजित प्रचार गरिएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई मैले प्रमुख ठानेको छैन । कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य नै हो । विषय देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अनुशरण भयो कि अवज्ञा भयो भन्ने हो । यसर्थ मेरो उम्मेदवारी बारे उक्त प्रकारले गरिएको विधिवत सिफारिसबारे मसँग कुनै परामर्श नगरी, नसोधि नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।’

    नेता रावलले युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंमा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी शर्मा ओली र माधवकुमार नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवसको रुपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराइ दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? भनि प्रश्नसमेत गर्नुभयो ।

    नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरुको हकमा लागू हुन नसकेको आरोप लगाउनु भयो । नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.