• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • सियोल । उत्तर कोरियाले अक्टोबर ९, २०२२ आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

    Advertisement

    आणविक शक्तिसम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

    सियोल, टोकियो र वासिङटनले हालैका हप्तामा संयुक्त नौसैनिक अभ्यास बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक प्रतिकारको रूपमा सही विकल्प मान्छ ।

    लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

    दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ– ‘ग्रीनविच समयानुसार १६ः४८–१६ः५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईओटा छोटो दुरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।’

    सियोलका ज्वाइन्ट चिफ्स अफ स्टाफले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ९० किलोमिटरको उचाइमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको बताएका छन् ।

    टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

    जापानका वरिष्ठ उपरक्षामन्त्री तोसिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबिएम) हुन सक्ने सम्भावना रहेको बताए ।

    सियोलले गत महिना उत्तर कोरियाले एसएलबिएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

    अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरूले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको अस्थिर प्रकृतिलाई उजागर गरेको जनाएको छ । (रासस/एएफपी)

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.